मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सडकमा पर्ने रुख हटाउने विषयमा समेत प्रकृया अघि बढिसकेको उल्लेख
मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता

रेवती रमण निरौला 160+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

लेटाङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मदन भण्डारी राजमार्ग निर्माणमा देखिएको समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर जाने प्रतिवद्धता जनाउनु भएको छ ।

शहर–बजार बसिसकेको क्षेत्रमा राष्ट्रिय सडकको क्षेत्राधिकार अनुशार संरचना निर्माण गर्दा ठूलोमात्रामा क्षति हुने भन्दै लेटाङ नगरपालिका लगायतका सरोकारवालाहरुले पटक–पटक ध्यानाकर्षण गराएपछि स्थलगत अनुगमनका लागि आउनु भएका मन्त्री दाहालले आज लेटाङ नगरपालिकामा भएको छलफलका क्रममा यस्तो प्रतिवद्धता जनाउनु भएको हो । 

राजमार्गको मापदण्ड नै परिवर्तन गर्न नसकिने भएपनि ठाउँ विशेषको बजार क्षेत्रमा त्यहाँको समस्यालाई मध्यनजर गर्दै सडकको क्षेत्राधिकारको विषयमा विशेष निर्णय गरेर जाने सरकारको तयारी रहेको भन्दै उहाँले सडक निर्माण कार्य चाँडै सूचारु गरिने बताउनुभयो ।

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङका सरोकारवालाहरुको सर्वपक्षिय बैठकले लेटाङको बजार क्षेत्रमा २० मिटर मात्र क्षेत्राधिकार कायम गर्न सकिने निर्णय गरेको विषयमा जानकारी गराएपश्चात मन्त्री दाहालले राष्ट्रिय सडक भएकाले देशव्यापी रुपमा ५० मिटर  क्षेत्राधिकार रहने भएपनि शहर बसिसकेको ठाउँको विषयमा विशेष निर्णय गरेर जाने तयारी रहेको जानकारी गराउनु भएको हो ।

यस्तै मन्त्री दाहालले केराबारीदेखि लेटाङसम्म र लेटाङदेखि मिक्लाजुङसम्मको सडक क्षेत्रमा रहेका रुख हटाउने विषयमा समेत प्रकृया अघि बढिसकेको भन्दै चाँडै सो क्षेत्रमा पनि सडक निर्माणको काम अघि बढाउने जानकारी दिनुभयो ।  

उहाँले लामो समयदेखि निर्माणाधिन रहेका पुलहरुको काम तत्काल अघि बढाउने विषयमा पनि सरकार लागिपरेको उल्लेख गर्नुभयो । कार्यक्रममा सडक निर्माणका क्रममा देखिएका समस्या बारे जानकारी गराउँदै नगर प्रमुख लावतीले २० मिटर क्षेत्राधिकार कायम गर्दा समेत लेटाङ ३ मा एक परिवारको उठिवास हुने अवस्था आएको भन्दै त्यस विषयमा समेत मन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो ।

नगर प्रमुख लावतीले संघीय सरकारकै क्षेत्राधिकारमा पर्ने लेटाङ २ को किराँतचौकदेखि लेटाङ १ मा पर्ने पर्यटकीय क्षेत्र राजारानीसम्म जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको विषयमा पनि ध्यानाकर्षण गराउँदै चाँडै निर्माण सम्पन्न गराउने तर्फ गंभीर भएर लाग्न आग्रह गर्नुभयो । 

छलफलका क्रममा उपस्थित हुनु भएका मोरङ १ का सांसद तथा पूर्वमन्त्री डीगबहादुर लिम्बूले चाँडो भन्दा चाँडो समस्या समाधान गरि सडक निर्माण गर्नेतर्फ गंभीर भएर लाग्न मन्त्री दाहाललाई आग्रह गर्नुभयो । उहाँले त्यस कार्यका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 

यसैगरि मोरङ १ का पूर्वसांसद् तथा नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पहिलोपटक आफूले संसद्मा सडक निर्माणको विषय उठान गरेको स्मरण गर्दै सडकले स्थानीयवासीलाई समस्या होइन अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले केहि ठाउँमा जंगलको रुख कटानमा देखिएको समस्या, केही ठाउँमा ठेकेदारको लापरवाही तथा केहि ठाउँमा क्षेत्राधिकारको विषयका कारण सडक निर्माणमा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्री दाहाल स्वयम् मदन भण्डारी राजमार्गको सुरुवातकर्ता रहेको भन्दै यसविषयमा जिम्मवार ढंगले काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा स्थानीय सरोकारवालको प्रतिनिधित्व गर्दै स्थानीय भिष्म श्रेष्ठले सडकको क्षेत्राधिकारका कारण उठिवास लाग्ने अवस्था आएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा कोशी प्रदेश सांसद् खड्ग बस्नेत, होमबहादुर थापा, लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, उपप्रमुख मनमाया मगर, लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्वजनप्रतिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

छलफल पश्चात मन्त्री दाहाल लगायतको टोलीले केहीबेर लेटाङ बजार क्षेत्रमा मदन भण्डारी राजमार्गको अनुगमन समेत गरेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार