मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित)

रेवती रमण निरौला 158+ समाचार ( )
२ चैत्र २०८१, आइतबार

लेटाङ । लेटाङ नगरपालिकाले एसइइ परीक्षाको नजितामा सुधार गर्न निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेको छ । नगरपालिकाले हिउँदे नगरसभाबाट बजेट व्यवस्थापन गरेर नगरका १० वटा सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयको कोचिङ कक्षा सञ्चालन गरेको हो ।  

 विद्यार्थीहरु कमजोर रहेका गणित, विज्ञान र अंग्रेजी विषयको कोचिङ कक्षा विद्यालय समय भन्दा अघि वा पछि गरेर हरेक दिन हरेक विषयको  १÷१ घण्टासञ्चालन गरिएको हो । आर्थिक अभावका कारण कोचिङ पढ्न नपाएर परीक्षा नबिग्रियोस् भनेर नगरका सबै १० वटा सामुदायिक विद्यालयमा प्रति विद्यालय ४० हजारका दरले बजेट विनियोजन गरेर कोचिङ कक्षा सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णराज राईले जानकारी दिनुभयो । गतवर्ष एसइइ परीक्षामा ३५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकाले यसवर्ष ८० प्रतिशत पुर्याउने योजनाका साथ कोचिङ कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ । 

नगरका कतिपय विद्यालयले भने यसअघिदेखि नै शिक्षकहरुलाई स्वयम सेवकको रुपमा खटाएर पनि कोचिङ कक्षा सञ्चालन गरिरहेको पाइएको छ । शिक्षा विकास माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले आफ्नो विद्यालयले यसअघि देखि नै केहि विषयको कोचिङ सञ्चालन गर्दै आएको जानकारी दिँदै नगरपालिकाले बजेट व्यवस्थापन गरिदिएकोमा खुशी लागेको बताउनुभयो ।  

लेटाङ १ को साग्मा मावि र भोगटेनी मावि, लेटाङ २ को लक्ष्मी मावि, लेटाङ ४ को शान्ती भगवाती मावि, लेटाङ ५ को शिक्षाविकास मावि, लेटाङ ६ को महाभारत मावि, लेटाङ ७ को महेन्द्र मावि र लक्ष्मी मावि, लेटाङ ८ को जाँते मावि र लेटाङ ९ को श्रीमावि गरि १० वटा सामुदायिक विद्यालयबाट विद्यार्थीहरु एसइइ परीक्षामा सहभागी हुँदैछन् ।

नगरपालिकाले निःशुल्करुपमा कोचिङ कक्षा सञ्चालन गरेकोमा विद्यार्थीहरु पनि खुशी भएका छन् । उनीहरुले निःशुल्क कक्षा सञ्चालन गरिदिएकोमा नगरपालिकालाई धन्यवाद दिँदै कक्षामा नबुझेको कुरा कोचिङ कक्षामा सिक्न पाएकाले परीक्षामा सहयोग पुग्ने बताएका छन् ।   

नगरपालिकाले यसवर्षदेखि बजेट नै व्यवस्थापन गरेर एसइइको कोचिङ कक्षा सञ्चालन गरेकोमा विद्यार्थीहरुको उपस्थिति भने सन्तोषजनक देखिंदैन । कतिपय विद्यलयमा निकै कम मात्र विद्यार्थीहरु कोचिङ कक्षामा सहभागी हुने गरेको पाइएको छ । नगरपालिकाले कोचिङ कक्षा सञ्चालन गरेपनि अभिभावकहरु सचेत नहुँदा तथा कतिपय विद्यार्थीहरुले पढ्न मन नगर्दा कक्षामा उपस्थिति कम देखिएको हो । जसका कारण नगरपालिकाले सोचे अनुशार एसइइ परीक्षाको नजितामा सुधार नहुने होकी भनेर शंक गर्ने ठाउँ देखिएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार