मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |

राजतन्त्रको जस्तै भए नेम्वाङका जेठा छोरालाई टीकट दिइन्थ्यो : अध्यक्ष खतिवडा (भिडियोसहित)

रेवती रमण निरौला 115+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

लेटाङ । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सबै  हिसावले उपयुक्त व्यक्ति भएकाले नै पार्टीले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको बताउनु भएको छ । शुक्रबार मोरङको लेटाङमा नेकपा एमाले नगर कमिटीको वैठकलाई सम्बोधन गर्दै अध्यक्ष खतिवडाले सबै हिसावले मूल्यांकन गर्दा चुनाव जित्नका लागि सुहाङ नेम्वाङ नै उपयुक्त हुने विश्लेषणका साथ उम्मेदवार बनाइएको बताउनु भयो । 

उहाँले सुहाङ युवा भएको, कानुनको विद्यार्थी भएको तथा राजनीतिप्रति सचेत पढेलेखेको व्यक्ति भएकाले समेत उपयुक्त उम्मेदवार भएको उल्लेख गर्नुभयो । सुहाङको उम्मेदवारीलाई लिएर राजतन्त्रको झल्को आएको भन्नु बेतुकको कुरा भएको बताउँदै अध्यक्ष खतिवडाले सुहाङलाई सुवासको छोरा भएर होइन पढेलेखेको राजनीतिप्रति सचेत युवा भएकाले पार्टीले टिकट दिएको बताउनुभयो ।

राजतन्त्रको जस्तो हो भने सुहाङलाई नभइ सुवास नेम्वाङका जेठा छोरालाई टिकट दिइने भन्दै उहाँले शोकको संवेदनालाई प्रयोग गरिएको भन्ने कुरामा पनि कुनै तुक नभएको दावी गर्नुभयो ।

“शोकको समवेदनालाई बाँड्न खोजिएको भए सुवास नेम्वाङकी श्रीमतीलाई, भाउजूलाई टीकट दिइन्थ्यो, तर हामीले कान्छो छोरालाई टिकट दियौं ।” उहाँले भन्नभयो, “किनभने उनी वकिल पनि हुन्, एलएलएम पढेका छन, योग्य पनि छन्, युवा आवश्यकता हो भनेर हामीले सुझबुझका साथ टीकट सुहाङलाई टिकट दिएका छौं, सुवासको छोरा भएर होइन ।” 

उहाँले पार्टीले ६ जनाको नाम सिफारिस गरि पठाएकोमा स्थानीय पार्टी नेताहरु तथा इलामेली जनताको सुझावको आधारमा समेत सुहाङलाई टीकट दिएको उल्लेख गर्नुभयो । अध्यक्ष खतिवडाले लेटाङका पार्टी कार्यकर्ताहरुलाई इलाममा रहेका आफ्ना आफन्तहरुसँग कुरा गरि सुहाङका लागि भोट माग्न समेत आग्रह गर्नुभयो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार