मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

टिकटक बन्द हुँदा त्यसमा अपलोड भएका सामग्री के हुन्छन् ?

मोरङ खबर 407+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

काठमाडौं । नेपाल सरकारले चर्चित शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अप्रत्याशित रूपमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको हाे ।

योसँगै टिकटक बन्द गर्ने प्राविधिक तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ । यदि सरकारको निर्णय कार्यान्वयन भए आधिकारिक रूपमा नेपालमा टिकटक चलाउन पाइने छैन । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ ।

सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाउँछ भनेर स्पष्ट जानकारी दिइसकेको छैन । टिकटक बन्द हुँदा सामान्यतः प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्ने र स्ट्रिमिङ वा डाउनलोडको लागि उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा नेपालमा अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न सक्दैनन् । साथै भीपीएन वा अन्य विकल्प प्रयोग गरेपनि टिकटक पहुँच गर्न सक्दैनन् ।

छिमेकी देश भारतले सन् २०२० मा  राष्ट्रिय सुरक्षा र गोपनीयताको कुरा उठाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउँदा भारतीय प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री एपको सर्भरबाट हटाइएको थियो । यसमा भिडिओहरू, कमेन्टहरू, डाइरेक्ट म्यासेज लगायत समावेश थिए । टिकटकले भारतीय अकाउन्टहरूसँग सम्बन्धित सबै प्रयोगकर्ताको डेटा पनि हटाएको थियो ।

यसको मतलब भारतीय टिकटक प्रयोगकर्ताहरूले आफ्ना सबै सामग्री र डेटामा पहुँच गुमाए । यद्यपि, केही प्रयोगकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि आफ्नो सामग्री डाउनलोड गर्न भ्याएका थिए । अरुले भीपीएन वा अन्य विकल्पमार्फत आफ्नो सामग्री पहुँच गरे ।

यसकारण नेपालमा टिकटकमाथि प्रतिबन्ध लाग्दा यस प्लेटफर्ममा भएका सामग्रीको ब्याकअप डाउनलोड गर्नु उचित हुन्छ । यसरी तपाईंले आफ्नो सामग्री सुरक्षित गर्न सक्नुका साथै आवश्यक भएमा यसलाई अन्य प्लेटफर्महरूमा पुन: पोस्ट गर्न सक्नुहुन्छ । (टेकपानाबाट)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार