मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

लेटाङमा वडादशैंको अवसरमा लेटाङ महोत्सव सञ्चालन हुने

विवेक वस्ती 22+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

लेटाङ । लेटाङमा वडादशैंको अवसर पारेर कार्तीक ४ गतेदेखि लेटाङ महोत्सव २०८० सञ्चालन हुने भएको छ । आयोज द व्बाइज क्लवले आज लेटाङमा पत्रकार सम्मेलन गर्दै महोत्सव बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक समितिका अध्यक्ष विकास लिम्बूले वडादशैंको रमाइलो माहौललाई अझ रमाइलो बनाउने तथा लेटाङको पर्यटन तथा कृषि उत्पादनहरुको प्रवर्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कार्तीक ४ गते फूलपातीदेखि सुरु भएर १८ गतेसम्म १५ दिन सञ्चालन हुने महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । द व्बाइज क्लव लेटाङ ४ को आयोजना तथा सिद्धार्थ युवा क्लवसँगको सहकार्यमा सञ्चालन हुन लागेको महोत्सवको व्यवस्थापन भने सयपत्री इन्टरटेनमेन्ट प्रा लि. दमकले गर्नेछ ।

लेटाङ ४ स्थित वसपार्क परिसरमा सञ्चालन हुने महोत्सवमा १५ वठा स्टल रहनेछन् । जसमा विभिन्न खानाका परिकारका स्टलका साथै कृषि तथा स्थानीय हस्तकलाका स्टलहरु पनि राख्ने तयारी भइरहेको आयोजकले जनाएको छ । लेटाङ  क्षेत्रको पर्यटन तथा आर्थिक विकासलाई मध्यनजर गर्दै स्थानीय कृषि उत्पादन र हस्तकलाका सामानको स्टल निःशुल्क रुपमा उपलब्ध गराइने आयोजक क्लवका अध्यक्ष दीपक मगरले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु एलीना चौहान, शिव परियार, नविन के भट्टराई , कुल व्याइ, भाइवर साइमन, ज्योती मगर, पुस्पन प्रधान लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको प्रवेश शुल्क भने १ सय र २ सय रुपैयाँ रहने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार