मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङको राजारानीमा रोयल इन्फील्ड मोटरसाइकल प्रयोगकर्ताको भेला हुँदै, विभिन्न देशका ३ सय बढी सहभागी हुने (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

लेटाङ । ओझेलमा परेका पर्यटकीयस्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले लेटाङ १ स्थित पर्यटकीयस्थल राजारानी पोखरी क्षेत्रमा नेपाल राइडर्स मीट हुने भएको छ । रोइल इन्फील्ड मोटरसाइकलका प्रयोगकर्ताहरुले स्थापना गरेको गैरनाफामुलक संस्था फ्रेण्डस् अफ रोयल इन्फील्ड नेपालको आयोजनामा लेटाङको राजारानीमा छैटौं संस्करणको नेपाल राइडर मीट हुन लागेको हो ।

आज सोमबार राजारानी पोखरी परिसरमा पत्रकार सम्मेलन गर्दै फागुन २५, २६ र २७ गते ३ दिनसम्म मीट सञ्चालन हुने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था फ्रेण्डस् अफ रोयल इन्फील्ड नेपालका अध्यक्ष सुनिल मानन्धरले ३ दिन सञ्चालन हुने मीटमा देशविदेशबाट ३ सय ५० जना रोयल इन्फील्ड मोटरसाइकलका प्रयोगकर्ताहरु सहभागी हुने जानकारी दिनुभयो । रोयल इन्फील्ड प्रयोगकर्ताहरुको नेपालका ५२ वटा क्लव र भारतका ७ वटा क्लव तथा अन्य देशबाट व्यक्तिगत रुपमा सहभागीहरु आउने बताइएको छ । 

फ्रेण्डस् अफ रोयल इन्फील्ड नेपालले हरेक वर्ष देशका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले यसप्रकारको मीट गर्ने गरेको संस्थाका सचिव सकिल गौचनले जानकारी दिनुभयो । यसअघि वर्दिया, पोखरा, मुस्ताङ, सुनसरी, हेटौंडा, चितवन लगायतका ठाउँमा मीट सञ्चालन गरेको भन्दै उहाँले लेटाङमा निकै आकर्षक पर्यटकीय क्षेत्र रहेको भएपनि ओझेलमा परेको भन्ने जानकारी पाएपछि राजारानीमा मीट गर्ने निर्णय गरिएको बताउनुभयो । 

कार्यक्रमका लागि नेपाल पर्यटन वोर्ड, लेटाङ नगरपालिकासहित विभिन्न व्यापारिक कम्पनीहरुले प्रायोजन गरेका छन् । ३ दिने वसाइका क्रममा बाइक रेस लगायतका विभिन्न खेलहरु खेलाउने, स्थानीय संस्कृति अवलोकन गर्ने तथा यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि फोटो भिडियो मार्फत प्रचार प्रसार गर्ने बताइएको छ ।

कार्यक्रमका लागि राजारानी पोखरी आसपासको क्षेत्रमा व्यापक तयारी भइरहेको छ । सहभागीहरु सुत्नका लागि टेन्ट हाउस निर्माण, अस्थाइ शौचालय तथा बाथरुम निर्माण, भान्साघर निर्माण लागयतका काम भइरहेका छन् । जसका लागि लेटाङ नगरपालिको समेत सहयोग गरेको छ । देश विदेशका सयौं मानिसहरु आएर पर्यटन प्रवर्धन गर्न लागेकाले नगरपालिकाले समेत व्यवस्थापकिय सहयोग गरेको वडाध्यक्ष विष्णु मगरले बताउनुभयो । 

सो अवसरमा स्थानीय मगर समुदायको साँस्कृतिक नाच हुर्रा नाच समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको राजारानी पर्यटन विकास समिति अध्यक्ष सुजन मगरले जानकारी दिनुभयो । सहभागीहरुको सुरक्षाका लागि कार्यक्रम अवधिभर राजारानी मन्दिर क्षेत्रमा पूजापाठ गर्ने बाहेकका व्यक्तिहरुलाई प्रवेश निशेध गरिने पनि उहाँले बताउनुभयो । 

राजारानी क्षेत्र धिमाल जातीको उद्गम थालेको रुपमा रहेको छ । यहाँ रहेको धिमाल थानमा हरेक वर्ष वैशाख २ गते धिमाल जातिले विशेष पूजा गर्ने गर्दछन् । यस्ते राजारानी क्षेत्र एकैठाउँमा धेरै प्रकारका सुनाखरी पाउने स्थान हो । यहाँ ४८ प्रजातिका सुनाखरी पाइने बताइन्छ । यस्तै यहाँ विभिन्न दुर्लभ, चारचुरुंगी, कछुवा, माछा, सर्प लगायतका जलचरहरु समेत पाइन्छन् । 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार