मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन

मोरङ खबर 407+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

जाँते । नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशन लेटाङ ८ मा पूर्व प्राथमिक कक्षाका शिक्षिकाहरुका लागि तालिम सञ्चालन गरिएको छ । पूर्वका विभिन्न विद्यालयबाट भेला भएका करिव ७० जना शिक्षिकाहरुलाई आज शनिबार एकदिने तालिम प्रदान गरिएको हो ।

लावण्य इन्टरनेशनल प्रा लि को आयोजनामा पूर्वका लेटाङ, उर्लाबारी, विराटनगर, खोर्साने, गछिया, इटहरी लगायतका क्षेत्रमा रहेका विद्यालयका पूर्वप्राथमिक तहका शिक्षिकाहरुलाई थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन गरिएको हो । 

पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई पाठ्यक्रमको थीम अनुशार कसरी अध्यापन गराउने तथा खेलाउँदै, अभ्यास गराउँदै कसरी सिकाउने भन्ने विषयमा तालिम केन्द्रीत रहेको लावण्य इन्टरनेशनल प्रा लि की प्रशिक्षक मनिशा कर्णले जानकारी दिनुभयो ।

लावण्य इन्टरनेशनलसँग सहकार्य गरेका विद्यालयका शिक्षिकाहरुका लागि हरेक महिना सामुहिक रुपमा तालिम प्रदान गर्ने गरिएकोमा यसपटक लेटाङ जाँतेको नोवेल एजुकेशनमा तालिम सञ्चालन गरिएको उहाँको भनाइ । 

नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका प्रिन्सिपल भोलानाथ पाण्डेले यसै शैक्षिक सत्रदेखि पूर्वप्राथमिक तहको शैक्षिक गुणस्तर सुधारका लागि लावण्य इन्टरनेशनलसँगको सहकार्यमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर खोजी गर्ने क्रममा लावण्य इन्टरनेशनलको कार्यक्रम मनपरेर सहकार्य गरि कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ  । यसरी सुरु गरिएको नयाँ पद्धतिको सिकाइ निकै प्रभावकारी भएको उहाँले बताउनुभयो ।  

नोवेल एजुकेशनले विद्यार्थीहरुलाई पाठ्यपुस्तकको ज्ञानका साथै अन्य शिपमुलक तालिम प्रदान गर्ने, अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने जस्ता नयाँ नयाँ शैक्षिक पद्धतिहरु लागु गरि पठनपाठन गराउँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार