मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |
मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

कृषकलाई पशुप्राविधिकको आधारभुत तालिम दिइने
लेटाङ नगरपालिकाको नीति, उत्पादनको आधारमा नगद प्रोत्साहन

रेवती रमण निरौला 149+ समाचार ( )
९ असार २०८२, सोमबार

लेटाङ । लेटाङ नगरपालिकाको सत्रौँ नगरसभा आज सोमबारदेखि सुरु भएको छ । आज बसेको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरसभा समक्ष पेश गर्नु भएको नीति सर्वसहमतिमा ध्वनीमतका साथ पारित भएको हो ।

          सभाध्यक्ष लावतीको आग्रहमा शिक्षा शाखा प्रमुख कृष्णराज राईले पेश गर्नु भएको नीति माथिको छलफलमा भाग लिंदै ९ जना नगरसभा सदस्यहरुले सुझाव तथा जिज्ञाशा राख्नु भएको थियो । नगरसभा सदस्यहरुले राखेको सुझाव तथा जिज्ञाशाको सभाध्यक्ष तथा नगर प्रमुख भूपेन्द्रकुमार लावतीले जवाफ दिनु भएपछि ति सुझावलाई समेत समेटेर सर्वसहमतिमा नीति पारित भएको हो । 

         यसैगरि आजको वैठकले आर्थिक सर्वेक्षण पनि परित गरेको छ । नगर उपप्रमुख कृष्णकुमारी निरौलाले पेश गर्नु भएको लेटाङ नगरपालिकाको आर्थिक सर्वेक्षण २०८२ नगरसभाले सर्वसहमतिमा पारित गरेको हो । 

सत्रौँ नगरसभाको दोश्रो वैठक भोलि मंगलबार बस्नेछ । दोश्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम पेश गरि पारित गर्ने कार्यतालिका रहेको छ । साथै  बैठकमा आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, बजेटको प्राथमिकता र सिद्धान्तहरु, जेष्ठ नागरिक संरक्षण विधेयक २०८२, न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र विविध निर्णयहरु पनि पेश हुने कार्य सूची रहेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो ।  

          उहाँले नगरसभामा पत्रकारहरुलाई समेत निमन्त्रणा नगरिएको भन्दै पर्सि असार ११ गते बुधबार पत्रकार सम्मेलन गरि नगरभाको निर्णय सार्वजनिक गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । यसैगरि असार ३० गते राजनीतिक दलहरु तथा विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरि बजेट नीति तथा कार्यक्रमको वृहत सार्वजनिकीकरण गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

          सत्रौँ नगरसभाको वैठक बस्नु अघि नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य र नगरसभा सदस्य लगायतका जनप्रतिनिधिलाई नगर प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो ।  

            नगरपालिकाले आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, पूर्वाधार विकास क्षेत्र, वन तथा वातावरण क्षेत्र, सुशासन तथा संस्थागत विकास क्षेत्र गरि  ५ वटा क्षेत्रगत रुपमा नीतिहरु निर्दिष्ट गरेको छ ।  

लेटाङ नगरपालिकाको सत्रौँ नगरसभाले सोमबार पारित गरेको आगामी आर्थिक वर्ष ०८२ । ०८३ को नीतिका मुख्य मुख्य अंशहरु निम्नानुसार छन् ।   

            लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्षमा किसानहरूलाई प्राङ्गारिक मल तथा विषादी उत्पादन गर्न प्रोत्साहन कार्यक्रम तथा प्राङ्गारिक खेती विस्तार कार्यक्रम सञ्चालन गर्ने, लेटाङ बजार क्षेत्रमा करेसाबारी तथा कौसी खेतीलाई प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने, खाद्यान्नबालीको वीउमा आत्मनिर्भर कार्यक्रम संचालन गर्ने, उत्पादनको आधारमा नगद प्रोत्साहन कार्यक्रम संचालन गर्ने, किसानहरूलाई समुह तथा कृषि सहकारीमा आवद्ध गराउने र सामुहिक खेती कार्यक्रम संचालन गर्ने र पशुपालक कृषकहरूको प्राविधिक क्षमता विकासको लागि आधारभूत तालिम सञ्चालन गर्ने नीति लिने जनाएको छ ।  

           यसैगरि लेटाङ नगरको पर्यटन विकासमा गौरवको आयोजनाको रूपमा अन्तरधार्मिक शान्ति पार्क निर्माण कार्यलाई निरन्तरता दिने, नगरको पर्यटन गुरुयोजनामा प्राथमिकता तोकिएका क्लस्टरहरू राजारानी, गुवाबारी, समला, आरुबोटे, बाराजी, र डाँडागाउँ क्षेत्रको पुर्वाधार निर्माण तथा प्रचारप्रसारलाई प्राथमिकता दिने, टुक्रे राष्ट्रिय वन क्षेत्रलाई पर्यापर्यटन सामुदायिक वनका रुपमा विकास गर्ने कार्यलाई निरन्तरता प्रदान गर्ने नगरपालिकाको नीति छ ।  

          यसैगरि नगरपालिका क्षेत्रभित्र रहेका श्रमिकहरूको श्रमिक हित कोषलाई निरन्तरता प्रदान गरी श्रमिकहरूको सुरक्षा तथा संरक्षण गर्ने, श्रम डेस्क स्थापना गरी सञ्चालन गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिई विभिन्न ठाउँमा कोशेली घर सञ्चालन गर्ने जनाइएको छ ।

              नगरपालिकाबाट ’घ’ वर्गको इजाजत पत्र लिएका निर्माण व्यवसायीहरूले तोकिएको समय र गुणस्तरको काम सम्पन्न नगरेसम्म व्यवसायीको इजाजत नविकरण नगर्ने नीति कडाइका साथ कार्यान्वयन गर्ने, मेरो फोहोर मेरो जिम्मेवारी, फोहोरलाई मोहोर बनाउँ” भन्ने नाराका साथ फोहोर व्यवस्थापनमा उपयोगी कार्यक्रमहरू सञ्चालन गर्ने, फोहोरमैला व्यवस्थापन र वर्गीकरणको नयाँ मापदण्ड निर्माण गरि अन्तरस्थानीय तह, नीजि क्षेत्र तथा गैरसरकारी संस्थासँग सहकार्य गर्ने र स्थानीय विपद् व्यवस्थापन प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्ने नगरपालिकाको नीति छ । 

         यस्तै बाँझो, पर्ती जग्गा खोला किनारहरूमा अभियानको रूपमा बृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, स्थानीय भवन निर्माण मापदण्ड निर्माण गरी लागु गर्ने, नगर क्षेत्रभित्रका डकर्मीहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरी भवन निर्माणमा त्यस्ता जनशक्तिको उपयोग गर्न निजी क्षेत्रहरूलाई प्रोत्साहन गर्ने,  सडक कालोपत्रे निर्माणको कार्य वडाहरूमा सन्तुलित रुपमा संचालन गर्ने नीति लिइने उल्लेख गरिएको छ । 

          विपदको समयमा सडकहरू तुरुन्त मर्मत गरी खुलाउनका लागि पूर्वाधार विकास समितिका संयोजकको संयोजकत्वमा र्यापिड मेन्टेनेन्स टीम निर्माण गरि तत्काल सडक सुचारू गर्ने व्यवस्था मिलाउने तथा सडक मर्मत सम्भार गरी सबै महिनामा सुचारू गराउने कार्यलाई निरन्तरता दिने नगरपालिकाको नीति छ । 

           यस्तै लेटाङको खानेपानीको आधारः चुरेको जलाधार” भन्ने  मुल नारा सहित नगर भित्रका खानेपानीका मुहानहरू सुचिकृत र संरक्षणका मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने, नगरबासीमा शुद्ध खानेपानीको लागि गुणस्तर परीक्षण र अनुगमनको व्यवस्था गर्ने, ज्येष्ठ नागरिक सेवा केन्द्र र दिवा सेवा केन्द्रहरू संचालन गर्न सहयोग गर्ने, नागरिक आरोग्य केन्द्र सञ्चालन, योग, ध्यान, आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिई आरोग्यता तथा स्वास्थ्य प्रवर्धनका क्रियाकलापहरू सञ्चालन गर्ने, लेटाङ नगर अस्पतालबाट प्रदान गरिने सेवालाई थप व्यवस्थित गर्न विशेषज्ञ सेवा तथा अन्य सेवा विस्तार कार्यलाई निरन्तरता दिने, ल्याब नभएका स्वास्थ्य संस्थाहरूमा क्रमशः ल्याब स्थापना गर्दै क्षयरोग र कुष्ठरोग नियन्त्रण गर्न माइक्रोस्कोपिक सेन्टर समेत स्थापना गर्ने नगरपालिकाको नीति छ । 

           यसैगरि खेल प्रशिक्षकहरूको व्यवस्था गरी व्यवसायिक खेलाडी उत्पादन गर्नका लागि खेल प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्रका खेल मैदानहरूको संरक्षण र स्तरोन्नति गरी खेलकुदको विकास गर्ने, युवाहरूलाई सचेत, सक्षम र दुव्र्यसनमुक्त बनाउन विद्यालय तथा समुदायस्तरमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना र नियन्त्रणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने नगरपालिकाको नीति छ । 

           यस्तै माध्यमिक शिक्षाको अन्त्यमा वृत्ति परामर्श तथा सीप परिचय कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक धार सञ्चालित विद्यालयमा कम्प्यूटर सेवा केन्द्र सञ्चालन गरी पढ्दै कमाउँदै कार्यक्रमको सुरूवात गर्ने, जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूलाई आफ्ना सन्ततिहरूलाई सामुदायिक विद्यालयमा पढाउन प्रोत्साहित गर्ने र विद्यार्थी संख्या न्यून भएका र नजिकका विद्यालयहरूलाई एकीकरण तथा समायोजन गर्ने नगरपालिकाको नीति छ । 

        नगर क्षेत्र भित्र सञ्चालन हुने ५ लाख सम्मका योजनाहरू वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समिति र सो भन्दा माथिका योजनाहरू नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण समिति मार्फत अनुगमन गर्ने, करको दरलाई समयानुकुल र दायरालाई फराकिलो बनाउँदै लैजाने, घर बहाल करलाई अनिवार्य गर्न घरधनी र वहालमा रहने व्यवसायीहरूको अभिलेख राख्ने नीतिमा उल्लेख गरिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार