मुख्य समाचार
नोवेल एजुकेशन लेटाङ–८ जाँतेमा विज्ञान प्रदर्शनी सम्पन्न (भिडियोसहित) | सुन्दरहरैँचा विराट एक्स्पोको तयारी तिव्र, (अध्यक्ष नारायण कार्कीसँगको विशेष कुराकानी) | लेटाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मेसन तालिम सञ्चालन (भिडियोसहित) | उपमेयर पक्षको माग पुरा गर्ने मेयरको प्रतिवद्धतापछि इटहरीको विवाद साम्य (भिडियोसहित) | इटहरीमा मेयर र उपमेयरको विवाद बढ्दो, मेयरले मनलाग्दी गरेको आरोप | लेटाङमा फागुन ३ देखि खेलकुद महोत्सव हुँदै, ९ विधामा प्रतिस्पर्धा | शैक्षिक परामर्श व्यवसायलाई प्रदेश मातहत राख्न व्यवसायीहरुको माग | लेटाङमा बाँसका फर्निचर बनाउने तालिम सुरु | एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तिव्र, फागुन १० गते एकैदिन प्रतिनिधि छनौट गरिने | प्रेस चौतारी सुनसरीले यसरी मनायो स्थापना दिवस |

लेटाङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि ग्रीनभ्यालीलाई

मोरङ खबर 340+ समाचार ( )
२९ पौष २०८०, आइतबार

लेटाङ । लेटाङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि लेटाङ ग्रीनभ्यालीले जितेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा शिक्षा विकास माध्यमिक विद्यालयको व्यवस्थापनमा गत पौष २७ गतेदेखि सुरु भइ आज आइतबार सम्पन्न भएको प्रतियोगितामा ७ वटा स्वर्ण पदक हात पार्दै लेटाङ ग्रीनभ्यालीले रनिङ शील्ड २०८० को उपाधि जितेको हो ।

नगरका विभिन्न १६ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा १६ वटा खेल सञ्चालन गरिएकोमा लेटाङ ग्रीन भ्याली एक्लैले ७ स्वर्ण हात पारेको हो । यसैगरि २ स्वर्ण ५ रजत पदक जित्दै शिक्षा विकास माध्यमिक विद्यालय लेटाङ ५ दोश्रो स्थानमा आएको छ भने लक्ष्मी माध्यमिक विद्यालय लेटाङ २ २ स्वर्ण र २ रजत पदक पाउँदै तेश्रो भएको छ ।

पौष २७ गते शिक्षा विकास माध्यमिक विद्यालयमा उद्घाटन भएको प्रतियोगिता आज लेटाङ ४ स्थित भलिवल खेल मैदानमा समापन गरिएको हो । प्रतियोगितामा भलिवल, ज्यावलिङ थ्रो, सटफुट, लङजम्प, दौड ४ सय मिटर, दौड ८ सय मिटर, दौड १५ सय मिटर र दौड ३ सय मिटर गरि ८ वटा खेलका छात्र छात्रा गरि १६ वटा इभेन्ट सञ्चालन गरिएको नगरपालिकाको शिक्षा शाखाका कर्मचारी अनिल मिश्रले जानकारी दिनुभयो ।

नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा नगर उपप्रमुख कृष्ण कुमारी निरौला, नगर शिक्षक महासंघका अध्यक्ष हरि प्रसाद धिमाल, विभिन्न खेलसँग सम्बन्धित व्यक्तित्वहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको समापन समारोहकै दिन भलिवलको छात्र र छात्रा दुवै तर्फको फाइनल खेल सञ्चालन गरिएको थियो । महिलातर्फ शिक्षा विकास माध्यमिक विद्यालयले स्वर्ण जितेको थियो भने पुरुषतर्फ महेन्द्र माध्यमिक विद्यालय लेटाङ ७ वारांगीले स्वर्ण पदक जितेको थियो । नगर प्रमखु भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतले विजेता विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गर्नुका साथै विजेता छात्र छात्राहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

सो अवसरमा प्रतियोगितामा व्यवस्थापकिय भूमिका निर्वाह गर्ने शिक्षा विकास माध्यमिक विद्यालय, सोही विद्यालयका स्वायम्सेवक विद्यार्थीहरु, भलिवल प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने नगर भलिवल संघका पादाधिकारी र खेलाडीहरु तथा प्रतियोगितामा सहभागी विद्यालयहरुलाई प्रशंशापत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया

इन्द्र बहादुर थापा २९ पौष २०८०, आइतबार

तीन सय हैन तीन हजार मीटर हो दौडमा

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार