मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |

जयन्ती विन्धवासिनी इटहरीबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण, ८ जनाले ल्याए ए प्लस

मोरङ खबर 396+ समाचार ( )
१६ असार २०८१, शनिबार

इटहरी । जयन्ती विन्धवासिनी विद्यासदन इटहरीले यसवर्ष पनि एसइइ परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्षको एसइइ परीक्षामा १९ जना विद्यार्थी सहभागी भएकोमा सबै विद्यार्थी उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन् ।

१९ जना मध्ये  ८ जना विद्यार्थी ए प्लस र ११ जना ए ग्रेडका साथ उत्तिर्ण भएका छन् । जसमध्ये स्पार्कल अधिकारी ३ दशमलव ८४ जीपीएका साथ विद्यालय प्रथम भएका छन् भने सोनीया अली ३ दशमलव ७९ जीपीए सहित छात्रातर्फ उत्कृष्ट तथा विद्यालयको तेश्रो भएकी छन् । यस्तै ३ दशमलव ८३ जीपीए ल्याएका देवराज तामाङ विद्यालयबाट दोश्रो भएका छन् । 

२०६२ सालमा स्थापना भएको जयन्ती विन्धवासिनी विद्यासदन इटहरीले  २०७२ सालदेखि एसइइ परीक्षामा विद्यार्थीहरुलाई सहभागि गराउँदै आएको छ । यसवर्ष नयाँ पद्धतिमा नजिता प्रकाशन हुँदा धेरै विद्यालयहरुको नतिजा निराशाजनक आएको बेला इटहरी–८ गैसारमा रहेको जयन्ती विन्धवासिनी विद्यासदन इटहरीले सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउँदै आफूलाई अब्बल सावित गरेको छ ।

२०७५ सालदेखि एसइइमा सतप्रतिशत नतिजा निकाल्दै आएको विद्यालयले विद्यार्थीहरुलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल मनिस राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार