मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान

मोरङ खबर 407+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

लेटाङ । निशान भुजेल लेटाङ क्याम्पसमा शिक्षाशास्त्र संकाय तेस्रो वर्षमा अध्ययनरत छन् । उनीमाथि आफ्नो अध्ययनसँगै पढाइखर्च जुटाउनु पर्ने जिम्मेवारी समेत छ । उनी विहान क्याम्पस जान्छन् । क्याम्पसबाट फर्किएपछि हतार–हतार खाना खाएर सीटी सफारी कुदाउँदै लेटाङ बजार निस्कन्छन् । विहान कलेज अनि दिनभरी सीटी सफारी चलाउँदै लेटाङ–खेरुवाका गाउँवस्तीसम्म पुग्नु निशान भुजेलको दैनिकी हो ।  

उनी संघर्ष, परिश्रम र इमान्दारिताको उत्कृष्ट उदाहरण बनेका छन् ।  बिहान लेटाङ क्याम्पसमा अध्ययन गर्ने र दिउँसो सीटी सफारी चलाएर आफ्नो पढाइ खर्च जुटाउने उनको जीवन त्यति सहज छैन । परिवारको आर्थिक अवस्था कमजोर भएपनि उनले आफ्नो शिक्षालाई प्राथमिकता दिइरहेका छन् । मेहनत र आत्मनिर्भरताका कारण उनी कलेजमा अनि समुदायमा उदाहरणिय बनेका छन् । पढाइका लागि आफ्नो दैनिकी व्यवस्थापन गर्ने, परिश्रमको सम्मान गर्ने र इमान्दार भएर जीवन जिउने उनको शैली धेरै युवा विद्यार्थीहरूका लागि प्रेरणादायी छ ।  

निशानजस्ता युवाहरूले समाजलाई यस्तो सन्देश दिइरहेका छन् कि, इच्छाशक्ति बलियो भए कुनै पनि कठिनाइले लक्ष्य प्राप्त गर्न रोक्न सक्दैन । आत्मनिर्भर भएर पनि शैक्षिक र सामाजिक नेतृत्वमा अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण पनि उनले प्रस्तुत गरेका छन् । उनीजस्ता जागरूक, मेहनती र उद्देश्यप्रति समर्पित युवाको नेतृत्वले विद्यार्थी र समाज दुवैलाई सकारात्मक दिशामा अघि बढाउन सक्छ भन्ने विश्वास गर्न सकिन्छ ।  

निशान केवल मेहनती विद्यार्थी मात्र होइनन् । उनी त समाजप्रति जिम्मेवार अनि विद्यार्थीको हकहितप्रति उत्तरदायी युवा पनि हुन् । विद्यार्थीहरूको समस्यामा चासो राख्ने, उनीहरूको हकहितका लागि संघर्ष गर्ने र क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागि प्रयास गर्ने निशानले विद्यार्थीमाझ राम्रो छवि बनाएका छन् । सोही कारण २०७९ साल चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा उनी भारी मतले सदस्य पदमा विजयी भएका थिए । तीनै निशानले यतिबेला आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लेटाङ क्याम्पसको सभापति पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियु लेटाङ क्याम्पसका अध्यक्ष समेत रहेका निशान 

आफ्नो नेतृत्वमा विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसलाई थप व्यवस्थित बनाउन प्रतिवद्ध रहेको बताउँछन् । उनी शैक्षिक गुणस्तर अभिवृद्धि, छात्रवृत्ति व्यवस्थापन, अतिरिक्त क्रियाकलापको प्रवर्धन र विद्यार्थीका हक अधिकार सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी हुने बताउँछन् ।  तसर्थ, स्वावलम्वि, सक्षम, इमान्दार र विद्यार्थीमैत्री नेतृत्वको पक्षमा रहन चाहने विद्यार्थीहरूका लागि निसान भुजेल उचित विकल्प बन्न सक्ने देखिन्छ ।  

निशान सभापतिको उम्मेदवार रहेको अनेरास्ववियुको टीमबाट सचिवमा मनिका राई, कोषाध्यक्षमा सुदीप मगर तथा सदस्यमा निर्जला ज्यू ठकुरी, झरना भण्डारी, नम्रता तामाङ, स्वस्तिका मगर र सुदेश राई उम्मेदवार छन् । 

यसैगरि अनेरास्ववियुबाट समानुपातिकमा युगेश दाहाल, अजय राई, सन्दिप ठाडा मगर, उर्मिला तामाङ, दिज्ञा राई, सुमित्रा मगर, स्वस्तिका लिम्बू, कल्पना मगर, समिक्षा मगर र सुमन लिम्बू उम्मेदवार रहेका छन् । 

त्रिभुवन विश्वविद्यालय अन्तरगतका देशभरका अधिकांश क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । लेटाङ क्याम्पसमा अघिल्लो निर्वाचनमा अनेरास्ववियुकै छवि श्रेष्ठको प्यानल नै विजयी भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार