मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन

रेवती रमण निरौला 161+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार
लेटाङ । लेटाङ नगरपालिका वडा नम्वर ४ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । सोहि तयारी स्वरुप जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई नेतृत्वको टोलिले मंगलबार स्थलगत अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, लेटाङ नगरप्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, वडाध्यक्ष रामकुमार श्रेष्ठ तथा नगरपालिका र जिससका कर्मचारी सहितको सहभागितामा अनुगमन गरि समन्वय बैठक पनि सम्पन्न भएको छ ।
वैठकले आगामी मंसिर २४ गते भव्यरुपमा कार्यक्रम गरि नगरको पहिलो वडाको रुपमा लेटाङ ४ लाई बालमैत्री घोषणा गर्ने तय गरेको लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाले घोषणापूर्वका सबै आवश्यक सूचक पूरा गरिसकेको दावी गर्दै अनुगमनका लागि जल्ला समन्वय समितिलाई जानकारी गराएपछि जिससको टोलिले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आवश्यक सूचकहरुको मापदण्ड पुगेको देखिएकाले लेटाङक वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गरिने जिल्ला समन्वय समिति मोरङका अधिकृत गिरिराज भट्टराईले जानकारी दिनुभयो ।
वडा नम्बर ४ ले बालमैत्रीका सबै ५१ सूचक पूरा गरिसकेकाले लेटाङ नगरभित्र पहिलोपटक कुनै वडालाई बालमैत्री घोषणा गर्न लागिएको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार