मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङको पहाडी क्षेत्रमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

लेटाङ । लेटाङ नगरपालिकाले नगरका पहाडी वडामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । पहाडी क्षेत्रका वडावासीहरुले सामाजिक सुरक्षा भत्ता लिन नगरसम्म आउनुपर्दा निकै समस्या झेल्नु परेको  अवस्थालाई मध्यनजर गरि नगरपालिकाले वडा कार्यालयबाटै भत्ता वितरण थालेको हो ।

पहिलो चरणमा धनकुटा जिल्लासँग सिमाना जोडिएको पूर्णरुपमा पहाडी भूगोल भएको वडा नम्बर ७ का सेवाग्राहीलाई वारांगीस्थित वडा कार्यालयबाट भत्ता वितरण गरिएको छ । निर्वाचनको समयमा यस क्षेत्रका वडावासीसँग गरेको प्रतिवद्धता अनुशार नै वडाबाट भत्ता वितरण कार्य सुरु गरिएको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो । 

यसअघि लेटाङ बजारस्थित एसआइसी एशीया बैंकबाट भत्ता लिंदै आएका वडा नम्बर ७ का वासिन्दाले वडा कार्यालयमै भत्ता पाएपछि खुशी भएका छन् । भत्ता लिन आउँदा यातायात, खाना र खाजा खर्च गरेर २ हजार भन्दा बढी खर्च हुने र २ दिनसम्म लाग्ने गरेकोमा वडा कार्यालयबाटै भत्ता वितरण सुरु भएपछि निकै सजिलो भएको स्थानीयवासी साहेवसिंह लिम्बूको भनाइ छ ।

भत्ता लिन लेटाङ बजारसम्म झर्नु पर्दा अपांगता भएकाहरु र जेष्ठ नागरिकलाई निकै समस्या हुने गरेको तथा विरामी समेत पर्ने गरेको उहाँको भनाइ छ । जनप्रतिनिधिले चुनावमा गरेको बाचा पुरा गर्दै वडाबाटै सेवा प्रदान गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । 

हाललाई वर्षमा २ पटक र आगामी दिनमा हरेक चौमासिकमा गरेर ३ पटकसम्मै वडाबाट भत्ता वितरण गर्ने नगरपालिकाको योजना छ । वडाबाट भत्ता वितरण हुँदा समेत केही टोलका वासिन्दालाई निकै टाढा पर्ने देखिएकाले आगमी दिनमा भौगोलिक रुपमा टाढा रहेका टोलहरुमै पुगेर भत्ता वितरण गर्ने योजना रहेको वडाध्यक्ष खगेन्द्र लिम्बूले जानकारी दिनुभयो ।  

भत्ता वितरणका लागि एनआइसी एशीया बैंकसँग सहकार्य गरिएको छ । यसअघि लेटाङ बजारस्थित बैंकको कार्यालयबाटै भत्ता वितरण हुने गरेकोमा सामाजिक उत्तरदायीत्वको भावना राख्दै वडा कार्यालयमै आएर सेवा प्रदान गरेको बैंकका प्रतिनिधि सूर्य विक्रम श्रेष्ठको भनाइ छ । 

लेटाङ नगरपालिका वडा नम्बर ७ मा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको संख्या  २ सय ९६ जना रहेको छ । वडा कार्यालयबाटै भत्ता वितरण सुरु गरिएको भएपनि सहज हुने सेवाग्राहीले नगरपालिकाबाट समेत सेवा लिन सक्ने बताइएको छ । भत्ता वितरणका लागि नगरपालिकाबाट सामाजिक सुरक्षा शाखाका कर्मचारी, नगर प्रहरी र नेपाल प्रहरीको टोली वारांगी पुगेको थियो भने वडाका वडाध्यक्ष, वडासदस्यहरु र वडाका कर्मचारीहरु दिनभर खटिएका थिए ।

नगरपालिकाले वडाबाटै भत्ता वितरण सुरु भएपछि हजारौं खर्च गरेर २ दिनसम्म लगाएर भत्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ । सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती भोगिरहेका लेटाङ ७ का वसिन्दाले केहि हदसम्म भएपनि गाउँमा सिंहदरबार आएको अनुभूति गर्न पाएका छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार