मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

नोवेल एजुकेशनले गर्यो एसइइ दिने विद्यार्थीहरुलाई विदाइ, होलीको रङमा रङ्गीए विद्यार्थीहरु

मोरङ खबर 407+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

लेटाङ । लेटाङ ८ स्थित नोवेल एजुकेशन डेभ्लोप्मेन्ट फाउण्डेशनले एसइइ परीक्षा दिने कक्षा १० का विद्यार्थीहरुलाई विदाइ तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयमा रहेको बाल क्लवको आयोजनामा भएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० पुरा गरेर एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई विदाइ गर्दै परीक्षाको शुभकामना दिएका छन् । 

उनीहरुले कक्षा १० का विद्यार्थीहरुलाई फूलको माला तथा अविर लगाएर विदाइ गर्दै परीक्षामा सफलाताको शुभकामना व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डे लगायतका शिक्षकहरुको आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप फोटो फ्रेम प्रदान गरिएको थियो ।  

नोवेल एजुकेशन डेभ्लोप्मेन्ट फाउण्डेशनबाट यसवर्ष २४ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी हुँदैछन् । नोवेल एजुकेशन डेभ्लोप्मेन्ट फाउण्डेशनले पछिल्लो केही वर्षयता एसइइ परीक्षामा नीजि विद्यालयहरुमध्ये छात्र र छात्रा दुवैतर्फ लेटाङकै उत्कृष्ट नजिता हासिल गर्दै आएको छ ।  

यसैबीच विद्यालयले विद्यार्थीहरु माझ होली उत्सव कार्यक्रम पनि गरेको छ । विद्यालयको नयाँ ब्लकमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई शिक्षक शिक्षिकाहरुले होलीको टीका र अविर लगाइ दिएका छन् ।

साना साना विद्यार्थीहरुले समेत विभिन्न रंगहरुमा रंगिएर आपसमा रंग दल्दै होलीको खुशीयाली साटेका थिए । रंगीचंगी रङहरु दलेर होलीको उमंगमा रमाउन पाउँदा विद्यार्थीहरु निकै हार्षित देखिन्थे । विद्यार्थीहरुमाझ हरेक चाडपर्वहरु मनाउने प्रचलन अनुशार होली विशेष कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया

टंक निराैला ११ चैत्र २०८०, आइतबार

24 हाेइन 25 हाे

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार