मुख्य समाचार
पतञ्जली योग समिति लेटाङले मनायो दशौँ राष्ट्रिय योग दिवस | लेटाङमा एमालेको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण शुरु | लेटाङ नगरपालिकाको सार्वजनिक सनुवाई कार्यक्रम सम्पन्न (भिडियोसहित) | विज्ञान बालकथा "भुइँचालो" | लेटाङमा ३ सय ७५ खेलाडी सहभागी म्याराथन सम्पन्न (भिडियोसहित) | नवगठित लेटाङ साहित्य कला सङ्गमको ’सृजना चौतारी’ शृङ्खला शुरु | फजुल खर्च कटाएर ग्रामीण विद्यालयलाई सहयोग | रेडक्रस सुन्दरहरैँचाद्वारा पत्रकार सुवेदी सम्मानित (भिडियो सहित) | “लेटाङ साहित्य कला संगम” विधिवतरुपमा दर्ता | फुटबलको विकासका लागि लेटाङ नगरपालिकाद्वारा खेलाडीहरुसँग अन्तरकृया |

नोवेल एजुकेशनले गर्यो एसइइ दिने विद्यार्थीहरुलाई विदाइ, होलीको रङमा रङ्गीए विद्यार्थीहरु

मोरङ खबर 334+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

लेटाङ । लेटाङ ८ स्थित नोवेल एजुकेशन डेभ्लोप्मेन्ट फाउण्डेशनले एसइइ परीक्षा दिने कक्षा १० का विद्यार्थीहरुलाई विदाइ तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयमा रहेको बाल क्लवको आयोजनामा भएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० पुरा गरेर एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई विदाइ गर्दै परीक्षाको शुभकामना दिएका छन् । 

उनीहरुले कक्षा १० का विद्यार्थीहरुलाई फूलको माला तथा अविर लगाएर विदाइ गर्दै परीक्षामा सफलाताको शुभकामना व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डे लगायतका शिक्षकहरुको आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप फोटो फ्रेम प्रदान गरिएको थियो ।  

नोवेल एजुकेशन डेभ्लोप्मेन्ट फाउण्डेशनबाट यसवर्ष २४ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी हुँदैछन् । नोवेल एजुकेशन डेभ्लोप्मेन्ट फाउण्डेशनले पछिल्लो केही वर्षयता एसइइ परीक्षामा नीजि विद्यालयहरुमध्ये छात्र र छात्रा दुवैतर्फ लेटाङकै उत्कृष्ट नजिता हासिल गर्दै आएको छ ।  

यसैबीच विद्यालयले विद्यार्थीहरु माझ होली उत्सव कार्यक्रम पनि गरेको छ । विद्यालयको नयाँ ब्लकमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई शिक्षक शिक्षिकाहरुले होलीको टीका र अविर लगाइ दिएका छन् ।

साना साना विद्यार्थीहरुले समेत विभिन्न रंगहरुमा रंगिएर आपसमा रंग दल्दै होलीको खुशीयाली साटेका थिए । रंगीचंगी रङहरु दलेर होलीको उमंगमा रमाउन पाउँदा विद्यार्थीहरु निकै हार्षित देखिन्थे । विद्यार्थीहरुमाझ हरेक चाडपर्वहरु मनाउने प्रचलन अनुशार होली विशेष कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया

टंक निराैला ११ चैत्र २०८०, आइतबार

24 हाेइन 25 हाे

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार