मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा छात्राहरु र सरोकारवालाबीच अन्तरकृया, लागुऔषध दुर्व्यसनका विषयमा बढी प्रश्न

रेवती रमण निरौला 160+ समाचार ( )
१८ असार २०८२, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाले छात्रासँग उपमेयर कार्यक्रम अन्तरगत नगरक्षेत्रका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरकृया कार्यक्रम गरेको छ । लेटाङ ६ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भएको अन्तरकृया कार्यक्रममा नगर क्षेत्रका सामुदायिक तथा सँस्थागत माध्यमिक विद्यालयबाट प्रतिनिधिमुलक रुपमा छात्राहरु सहभागी भएर विभिन्न जिज्ञाशा राखेका छन् । 

कार्यक्रममा नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, शिक्षा शाखा प्रमुख कृष्णराज राई, लेटाङ नगरपालिकाका कानुनी सल्लाहकार गणेशराज लुइँटेल र इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मी जवाफ दिने ठाउँमा रहनु भयो भने विभिन्न विद्यालयबाटल भेला भएका करिव ८० जना छात्राहरुले प्रश्न सोधेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भूपेन्द्रकुमार लावतीले छात्राहरुले उठाएका विषयलाई आगामी दिनमा नगरपालिकाले सम्बोधन गर्दै जाने बताउनुभयो । उहाँले कार्यक्रममा छात्राहरुले राखेका समस्या थाहा पाएपछि नगरपालिकालाई सोही अनुशार कार्यक्रम बनाउन सहज भएको पनि उल्लेख गर्नुभयो । नगर प्रमुख लावतीले लेटाङमा लागुऔषध दुर्व्यसनको समस्या रहेको भएपनि जिल्लाका अन्य पालिकाको तुलनामा निकै कम रहेकाले भयावह अवस्था भने नरहेको बताउनुभयो । 

यस्तै नगर उपप्रमुख कृष्णकुमारी निरौलाले छात्राहरुले आफ्ना समस्याहरु उठान गरेर नगरपालिकालाई बाटो देखाउने काम गरेको बतउनुभयो । उहाँले विगत ३ वर्षदेखि छात्रासँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँदै छात्राहरुको समस्या समाधान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । 

कार्यक्रमको सुरुमा लेटाङ नगरपालिकाका कानुनी सल्लाहकार गणेशराज लुइँटेलले साइबर अपराध, यौन दुर्व्यवहार, लैंगिक हिंसा तथा विभेद, लागुऔषध दुर्व्यसन र बालविवाहका विषयमा छात्राहरुलाई जानकारी गराउनुभयो ।  

त्यसपछि कार्यक्रममा सहभागी छात्राहरुलाई प्रश्न सोध्न समय दिइएकोमा धेरै जना छात्राहरुले लागुऔषध दुर्व्यसनका विषयमा बढी प्रश्न तथा जिज्ञाशा राखेका छन् । यस्तै कतिपय छात्राहरुले बालविवाह रोकथाम हुन नसकेको, नगरपालिकाबाट दिइने सेनीटरी प्याड कम गुणस्तरको भएको, विद्यालय क्षेत्रमा चुरोट तथा गुट्खा विक्री हुने गरेको, पहाडी क्षेत्रका विद्यालय जाँदा घण्टौँ हिँड्न बाध्य हुनु परेको, सफा शौचालय तथा शुद्ध खानेपानी नभएको, बालबालिका हराउने घटना बढेको लगायतका विषयमा प्रश्न उठाएका छन् । 

छात्राहरुले सोधेका प्रश्नको नगर उपप्रमुख कृष्णकुमारी निरौला, नगरपालिकाका कानुनी सल्लाहकार गणेशराज दुइँटेल, शिक्षा शाखा प्रमुख कृष्णराज राई र इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले जवाफ दिनुभयो । 

कार्यक्रममा लेटाङ ६ का वडाध्यक्ष जंगवीर तामाङ, नगरपालिकाका योजना शाखा प्रमुख चेतनाथ गौतम, शिक्षा शाखाका कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार