मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |

लेटाङमा खोला क्षेत्रबाट ३ सय मिटरसम्म बालुवागीटि स्टक गर्न नपाइने (भिडियोसहित)

रेवती रमण निरौला 74+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकाले खोला क्षेत्रबाट ३ सय मिटर बाहिरमात्र गीटिबालुवा स्टक गर्न दिने भएको छ । नगरका खोलाहरु ठेक्का लगाएर उत्खनन् क्षेत्र छुट्याउने क्रममा लेटाङ नगरपालिकाले यस्तो जानकारी गराएको हो ।

नगरपालिकाले ठेकेदारसँग गरेको सम्झौतामा नै खोलाक्षेत्रबाट ३ सय मिटर बाहिर मात्र स्टक गर्न पाउने उल्लेख गरिएकाले सम्झौता अनुशार नै स्टक गर्नुपर्ने नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनभुयो । यसअघि खोलकै किनारमा स्टक गर्दा अवैधरुपमा उत्खनन् गर्ने, खोला किनार नै गहिरो बनाएर उत्खनन् गर्ने जस्ता समस्या देखिएपछि नगरपालिकाले उत्खनन् अघि नै ठेकेदार पक्षलाई यसबारे सचेत गराएको हो । 

ठेक्का पार्ने पाथीभरा केरियर प्रा. लि. ले एकमुष्ट अग्रीम भुक्तानी गरेपछि उत्खनन् गर्नका लागि नगरपालिकाले उत्खनन् क्षेत्र निर्धारण गर्न थालेको नगरपालिकाका इञ्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो । आज मंगलबार तेली खोलामा नगर प्रमुख  भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडाध्यक्षहरु, प्राविधिकहरु, नेपाल प्रहरी, नगर प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थितिमा उत्खनन् क्षेत्र छुट्याउने काम गरिएको छ । सोही क्रममा नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले ठेकेदारका प्रतिनिधिलाई यस बारे सचेत गराउनु भएको छ । 

तेली खोलामा मदन भण्डारी राजमार्गको पुलबाट ५ सय मिटर उत्तरदेखि ११ मिटर लम्वाइ, ८१ मिटर चौडाई र  ८० सेन्टीमिटर गहिराइमा उत्खनन् गर्ने गरि ठेक्का सम्झौता भएको छ । यसरी उत्खखन् गर्दा स्थानीय पैनी र बाटो भएको ५० मिटर क्षेत्रमा उत्खनन् गर्न पाइने छैन । यसैगरि उत्खनन् गरिएको बालुवागीटि खोलाको किनारा भन्दा ३ सय मिटर टाढा मात्र स्टक गर्न पाइने छ । 

यता ठेकेदार कम्पनीका प्रतिनिधि भूपेन्द्र पौडेलले समेत आफुले कुनै प्रश्न आउन नदिने गरि सम्झौता अनुशार नै उत्खनन् गर्ने बताउनु भएको छ । उत्खनन् गरेको सामाग्री स्टक समेत सम्झौतामा उल्लेख भए बमोजिम खोला किनारबाट ३ सय मिटर टाढा गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । 

यसैबीच स्थानीय पैनीका केही प्रतिनिधिले पैनी मर्मतको भुक्तानी गर्दा नगरपालिकाले झन्झट दिएको भन्दै उत्खनन् गर्न नदिने भन्दै विरोध जनाएका छन् । स्माली पैनीका उपभोक्ता वेणु दुलाल र वीर बहादुर लिम्बूले खोला उत्खनन् गरेर करोडौंका सामाग्री विक्री गर्ने तर मर्मत गरेको रकम दिन समेत झन्झट दिने गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गर्नु भएको छ । पैनी मर्मतका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरिदिनु पर्ने उपभोक्ताहरुको माग छ । 

यता नगर प्रमुख भूपेन्द्र कुमार लावतीले समयमै भुक्तानी प्रकृया अघि नबढाएकाले समस्या देखिएको भन्दै समयमै भुक्तानी प्रकृया अघि बढाउन उपभोक्ता समितिका प्रतिनिधिलाई आग्रह गर्नु भएको छ । उहाँले पैनी मर्मतका लागि समेत प्राविधिक पठाएर काम अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । 

नगरपालिकाले यसवर्ष नगरका ३ वटा खोलाबाट १ लाख ४९ हजार ६ सय घनमिटर उत्खनन् गर्न पाउने गरि भ्याटसहित ६ करोड ३ लाखमा ठेक्का लगाएको हो । ठेक्का पाएको पाथीभरा केरियर्सले अग्रीम भुक्तानी वापत १० प्रतिशत छुट गरि भ्याट बाहेक ४ करोड ८६ लाख ६३ हजार ४ सय रुपैयाँ नगरपालिकाको खातामा जम्मा गरिसकेको नगरपालिकाले जनाएको छ । ठेक्का अनुशार मोरङ्गी खोलाबाट १३ हजार ४ सय ४०, चिसाङबाट ७४ हजार ८ सय ८० र तेली खोलाबाट ७१ हजार २ सय ८० घनमिटर उत्खनन् गरिनेछ । 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

mohan gadtaula ३२ असार २०८१, सोमबार

Raamro kaarya ko suruwaat

mohan gadtaula ३२ असार २०८१, सोमबार

Good work

जीवन खेवन ३२ असार २०८१, सोमबार

होइन सबै चिजहरुको ठेक्का बढ्दै जान्छ लेटाङको खोला ठेक्का चाहिँ बर्सेनि घट्दै जाने हो?

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार