बेलबारी । मोरङको बेलबारीमा स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा शनिबार बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्य तथा आयोजक बेलबारी साहित्य बिकास समितिका अध्यक्ष रमेश निरौलाको सभापतित्व बेलबारी बहुमुखि क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।
पोखरेलको उक्त कृति लोकार्पण भएको करिव ४ महिना पछि गृह नगर बेलबारीमा परिचर्चा कार्यक्रम गरिएको हो । मुक्तक कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा लोकार्पण भएको थियो ।
कार्यक्रममा पत्रकार साहित्यकार तथा अनुसन्धाता केशु विरहीले स्रष्टा पोखरेलको ब्यक्तिगत परिचय सहित नवशिला कृति रचना गर्भको बारेमा स्पस्ट पार्नुभया । प्राज्ञ विवस पोखरेल तथा बरिष्ठ कवि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेलले कृतिको बारेमा चर्चा तथा टिप्पणी गर्नुभयो ।

यस्तै बरिष्ठ साहित्यकार हर्कमान तामाङ, साहित्यकार तथा भाषाविद् आचार्य अमृत, तिला लेकाली, भवानी प्रसाद पोखरेल लगायतका स्रष्टाहरुले कृतिकारलाई शुभकामना दिँदै रचना वाचन गर्नुभयो । यसैगरि कृतिकारकी छोरी नीकिशारानी पोखरेल, मुक्तककार एकराज भट्टराई, दीप मग्राती, सुन्दर भट्ट लगायतका स्रष्टाहरुले नवशिला कृतिमा रहेका केहि रचना वाचन गर्नुभयो ।
कार्यक्रममा स्रष्टा नवराज पोखरेलले सबै उपस्थित ब्यक्तिहरुलाई धन्यवाद दिँदै आगामी दिनमा साहित्यमा निरन्तर लागेर आफूलाइ परिस्कृत परिमार्जित र अध्ययनशिल बनाएर अझ अब्बल सृजना गर्ने बारेमा आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले स्रष्टाले रचना सृजना गर्दा परिवर्तनसँगै सामाजिक परिवेशलाई मध्यनजर गरी समाजलाई एकजुट बनाउने खालका सृजना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै सँस्थाका अध्यक्ष रमेश निरौलाले यस प्रकारका चर्चा कार्यक्रमले स्रष्टालाई स्थानीयस्तरमा चिनाउनुका साथै आगामी कृति प्रकासन गर्दा अझ निखारेर लेख्न प्रेरणा दिने बताउनुभयो ।
सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने माता पाथिभरा पोल्ट्री सप्लायर्स तथा सुनगाभा फिड प्रालीका निर्देशक सन्तोष न्यौपाने तथा प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुखलाई कार्यक्रमका सभापती तथा स्रष्टाद्वयले मायाको चिनो हस्तान्तरण गर्नुभयो ।
सँस्थाका सदस्यद्वय उमा सिजापती र शिव सहयात्रीले कार्यक्रम सञ्चालन गर्नुभयो भने बेलबारी साहित्य बिकास समितिका सहसचिव राजु परियारले स्वागत मन्तव्य ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जनगायिका तथा संविधान सभा सदस्य मधु गुरुङ, साहित्यकार इरान राई, बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, साहित्यकार समिक्षक भवानी प्रसाद पोखरेल, कृतिकारका माता पिता दुर्गादेवी पोखरेल तथा लक्ष्मी प्रसाद पोखरेल, कृतिका प्रकासक तथा कृतिकारकी श्रीमती शिला पोखरेल, पत्रकार अर्जुन कुलुङ राई, निरज खवास लागायत सयजना भन्दा बढस् साहित्यिक स्रष्टा तथा साहित्यमा रुचि राख्ने ब्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
असार १५ का दिन कार्यक्रम आयोजना गरिएकाले सो अवसरमा सहभागी सबैलाई दही चिउराको खाजा खुवाउँदै असार १५ समेत मनाइएको थियो ।