- राजु गौतम
लेटाङ । झण्डै दुई दशकदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय लेटाङ ५ स्थित जनसेवा युवा क्लबले समाज सेवाका विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ साँस्कृतिक कार्यक्रम गरेको छ । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको उपलक्ष्यमा मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै संस्थाले सञ्चालन गर्ने सामाजिक काममा आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम गरिएको हो ।
मंगलबार साँझ स्थानीय जनसेवा खेल मैदानमा सञ्चालन गरिएको साँस्कृतिक कार्यक्रममा क्लवका कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरे । सोही अवसरमा क्लबका अध्यक्ष बालकुमार विश्वकर्माले क्लबको विगत र वर्तमानको अवस्था तथा आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनु भयो ।
लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्यमगर, वडासदस्य शोभा खड्का, त्रिवेणी सामुदायिक वन अध्यक्ष उदय पौडेल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममामन्तव्य व्यक्त गर्दै उहाँहरुले जनसेवा क्लवले समाज सेवाको क्षेत्रमा गरेका कामहरुको प्रशंशा गर्नभुयो ।