मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

टीकटकबाट सहयोग जुटाएर विद्यार्थीलाई न्यानो कपडा प्रदान

मोरङ खबर 407+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

लेटाङ, २० पौष । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ निवासी टिकटकर चिम्फू मगर र उहाँको टीकटक समूह टीम बटरफ्लाईको पहलमा सहयोग संकलन गरि लेटाङको पहाडी क्षेत्रको ग्रामीण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

टीकटकबाट सकारात्मक कार्यमा युवाहरूले सहयोग गर्न सक्छन् भन्ने सक्ने सन्देश सहित उनीहरुले शुक्रबार  लेटाङ नगरपालिका वडा नम्बर ७ स्थित समलामा रहेको श्री ज्ञानज्योति प्राथमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण ५२ जना विद्यार्थीहरूलाई न्यानो कपडा सँगै स्टेसनरी सामाग्री पनि वितरण गरेका छन् ।

गत तमु लोसारको अवसरमा टीम बटरफ्लाई ग्रुपको आयोजनामा भएको टीकटक कार्यक्रममा प्राप्त सहयोग रकमका अतिरिक्त टीकटक ग्रुप द साइनिङ स्टार, टीकटक ग्रुप अमित गुरुङ टीकटक फेमेली तथा जोसिम गुरुङ समेतको सहयोगबाट न्यानो कपडा तथा स्टेसनरी व्यवस्थापन गरिएको टीम बटरफ्लाईका होस्ट चिम्फू मगरले जानकारी दिनुभयो । 

विद्यालयकी प्रधानाध्यापक चन्द्राकुमारी राईले सामाजिक सञ्जालको सहि सदुपयोगबाट समाजमा उदाहरणीय कार्य स्वरुप आफ्नो विद्यालयलाई रोज्दै न्यानो कपडा तथा स्टेसनरी  वितरण गरेकोमा टीम बटरफ्लाई ग्रुपलाई धन्यवाद दिनुभयो । उहाँले यसप्रकारका कार्यले सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई रचनात्मक सहयोग गर्न प्रेरणा मिल्ने समेत बताउनुभयो ।

सोही विद्यालयका शिक्षक राजु गौतमको समन्वयमा टीकटकर तथा टीकटक ग्रुपले सहयोग गरेको हो । यसअघि पनि शिक्षक गौतमको समन्वयमा विद्यालयमा विभिन्न व्यक्ति तथ समूहहरुले सहयोग गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार