मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

जाँते नमुना सेकेण्डरी वोर्डिङ स्कुलको पठन-पाठन अब नयाँ भवनमा, मेयरद्वारा उद्घाटन (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

लेटाङ । लेटाङ ९ स्थित जाँते नमुना सेकेण्डरी वोर्डिङ स्कुलको नवनिर्मित भवनको सोमबार विशेष पूजापाठका साथ उद्घाटन गरिएको छ । विद्यालयले भर्खरै निर्माण गरेको सुविधा सम्पन्न आधुनिक भवनको सोमबार लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले उद्घाटन गर्नुभयो । 

विद्यालयका सञ्चालकले धार्मिक विधि अनुशार पूजापाठ गरेपश्चात नगर प्रमुख लावतीले रिवन काटेर भवनको उद्घाट गर्नुभयो । २० वटा कोठा रहेको ३ तले भवन अपांगमैत्री समेत रहेको छ ।

भवनको रङरोगन लगायत फिनिसिङको काम बाँकी रहेको भएपनि शैक्षिक सत्र २०८१ को पठन पाठन सुरु गराउने उद्देश्यले भवनको उद्घाटन गरि विद्यार्थीहरुलाई कक्षा प्रवेश गराइएको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पूर्णरुपमा निर्माण सम्पन्न हुँदा भवनको लागत कूल १ करोड ३५ लाख पुग्ने उहाँको भनाइ छ । २०६५ सालमा स्थापना भएर हाल कक्षा १० सम्म पठन पाठन भइरहेको यस विद्यालयमा करिव ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा यसै शैक्षिकसत्रदेखि पूर्वप्राथमिक कक्षाहरुमा लेटाङ नगरपालिकामै पहिलो पटक अडियो भिजुवल सहितको पाठ्यक्रमबाट पठनपाठन सुरु गरिने प्रधानाध्यापक हरि प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार