मुख्य समाचार
पतञ्जली योग समिति लेटाङले मनायो दशौँ राष्ट्रिय योग दिवस | लेटाङमा एमालेको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण शुरु | लेटाङ नगरपालिकाको सार्वजनिक सनुवाई कार्यक्रम सम्पन्न (भिडियोसहित) | विज्ञान बालकथा "भुइँचालो" | लेटाङमा ३ सय ७५ खेलाडी सहभागी म्याराथन सम्पन्न (भिडियोसहित) | नवगठित लेटाङ साहित्य कला सङ्गमको ’सृजना चौतारी’ शृङ्खला शुरु | फजुल खर्च कटाएर ग्रामीण विद्यालयलाई सहयोग | रेडक्रस सुन्दरहरैँचाद्वारा पत्रकार सुवेदी सम्मानित (भिडियो सहित) | “लेटाङ साहित्य कला संगम” विधिवतरुपमा दर्ता | फुटबलको विकासका लागि लेटाङ नगरपालिकाद्वारा खेलाडीहरुसँग अन्तरकृया |

जाँते नमुना सेकेण्डरी वोर्डिङ स्कुलको पठन-पाठन अब नयाँ भवनमा, मेयरद्वारा उद्घाटन (भिडियोसहित)

मोरङ खबर 334+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

लेटाङ । लेटाङ ९ स्थित जाँते नमुना सेकेण्डरी वोर्डिङ स्कुलको नवनिर्मित भवनको सोमबार विशेष पूजापाठका साथ उद्घाटन गरिएको छ । विद्यालयले भर्खरै निर्माण गरेको सुविधा सम्पन्न आधुनिक भवनको सोमबार लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले उद्घाटन गर्नुभयो । 

विद्यालयका सञ्चालकले धार्मिक विधि अनुशार पूजापाठ गरेपश्चात नगर प्रमुख लावतीले रिवन काटेर भवनको उद्घाट गर्नुभयो । २० वटा कोठा रहेको ३ तले भवन अपांगमैत्री समेत रहेको छ ।

भवनको रङरोगन लगायत फिनिसिङको काम बाँकी रहेको भएपनि शैक्षिक सत्र २०८१ को पठन पाठन सुरु गराउने उद्देश्यले भवनको उद्घाटन गरि विद्यार्थीहरुलाई कक्षा प्रवेश गराइएको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पूर्णरुपमा निर्माण सम्पन्न हुँदा भवनको लागत कूल १ करोड ३५ लाख पुग्ने उहाँको भनाइ छ । २०६५ सालमा स्थापना भएर हाल कक्षा १० सम्म पठन पाठन भइरहेको यस विद्यालयमा करिव ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा यसै शैक्षिकसत्रदेखि पूर्वप्राथमिक कक्षाहरुमा लेटाङ नगरपालिकामै पहिलो पटक अडियो भिजुवल सहितको पाठ्यक्रमबाट पठनपाठन सुरु गरिने प्रधानाध्यापक हरि प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार