मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |

नोवेल एजुकेशन लेटाङ–८ जाँतेमा विज्ञान प्रदर्शनी सम्पन्न (भिडियोसहित)

मोरङ खबर 356+ समाचार ( )
२७ माघ २०८१, आइतबार

जाँते । लेटाङ–८ जाँतेस्थित नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनले बुक फ्रि फ्राइडे अन्तरगत विद्यालयमा विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । हरेक महिनाको अन्तिम शुक्रबार विद्यार्थीले किताबको भारि नबोकी विद्यालय जाने कार्यक्रम “बुक फ्रि फ्राइडे” अन्तरगत विभिन्न शीप सिकाउँदै आएको नोवेल एजुकेशनले माघ महिनाको अन्तिम शुक्रबार भने विद्यार्थीहरुकै सहभागितामा विज्ञान प्रदर्शनी सञ्चालन गरेको हो ।  

प्रदर्शनीमा विद्यार्थीहरुले कक्षाकोठामा सिकेका विज्ञानसम्बन्धि विषयमा अभ्यास गरि सोही कुरा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विद्यालयको चौरमा स्टल बनाएर आफुले तयार पारेको प्रदर्शनी राखेर अवलोकनका लागि आउनेहरुलाई जानकारी दिए । यता अभिभावकहरुले समेत उत्सुकतापूर्वक विद्यार्थीहरुको प्रदर्शनी अवलोकन गरेका थिए । 

प्रदर्शनीमा चापसम्बन्धि वैज्ञानिक सिद्धान्त प्रस्ट्याउन विद्यार्थीहरुले फलामको काँटीमाथी बसेर देखाएका थिए । यसैगरि चापकै वैज्ञानिक सिद्धान्त प्रस्ट्याउन मकैको मिठोलाई छुने तरिका अनुशार त्यस पिठोले विपरित प्रतिकृया जनाउने कुरालाई पनि विद्यार्थीहरुले प्रदर्शनीमा देखाए । 

विद्यालयमा सञ्चालन गरिएको कारखाना साइन्स कार्यक्रमको मद्दतमा विद्यार्थीहरुले यसरी विज्ञानका सिद्धान्तहरुलाई व्यवहारमा उतार्न सफल भएको विद्यालयका विज्ञान शिक्षक अरविन्द लिम्बूले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई थप अभ्यास गराउन र उनीहरुको क्षमता बारे अभिभावकहरुलाई समेत जानकारी दिनका लागि प्रदर्शनी सञ्चालन गरिएको उहाँको भनाइ छ ।   

नोवेल एजुकेशनमा कारखाना साइन्स कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीहरु विज्ञान विषयमा निकै दक्ष भएको शिक्षक लिम्बूको भनाइ छ  । काराखाना साइन्सका रिजनल कोअर्डिनेटर अनुप ढकाल, यस कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सैद्धान्तिक विषयमा अभ्यास गराइने तथा उनीहरुको चौतर्फि विकासका लागि काम गर्ने बताउनुहुन्छ ।  

विद्यार्थीहरुले आफ्नो कक्षागत पाठ्यपुस्तकमा अध्ययन गरेका सैद्धान्तिक ज्ञानलाई कारखाना साइन्सको विधि अनुशार अभ्यास गर्र्दै प्रदर्शनीका लागि विभिन्न सामाग्रीहरु तयार गरेका हुन् । विद्यालयले यसरी विद्यार्थीहरुलाई विज्ञान विषयमा प्रयोगात्मक रुपमा पठनपाठन गराएकोमा अभिभावकहरु समेत हर्षित भएका छन् । 

यसैगरि विद्यालयले साना कक्षाका विद्यार्थीहरुलाई भने “बुक फ्रि फ्राइडे” अन्तरगत विभिन्न अतिरिक्त कृयाकलापमा संलग्न गराएको छ । उनीहरुलाई चित्र कोर्ने, चित्रमा रङ भर्ने जस्ता कृयाकलापमा संलग्न गराएर क्षमता विकासको काम गरेको छ । यसैगरि साना कक्षाका विद्यार्थीहरुलाई किताव नपढाइ खेलमार्फत सिकाउने खेल खेलाइएको छ । विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्न मोडलिङ तथा र्यामवाक पनि सिकाएको छ । 

विद्यालयका प्रिन्सिपल भोलानाथ पाण्डेले विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नराखी अन्य परम्परागत शीप सिकाउने, दैनिक जीवनमा आवश्यक व्यवहारिक ज्ञान प्रदान गर्ने, खेल्दै रमाउँदै सिकाउने तथा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराएर विद्यार्थीहरुको चौतर्फिरुपमा क्षमता विकास गराउने प्रयास गरिरहेको बताउनुभयो ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार