मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |

सुन्दरहरैँचामा मौरि प्रवर्धन कार्यक्रम सुरु, २ सय ६ घार मौरि वितरण

रेवती रमण निरौला 115+ समाचार ( )
१४ पौष २०८१, आइतबार

सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकाले मौरिपालन प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित कार्यक्रम अन्तरगत नगरपालिकाले मौरिपालनका लागि कृषकहरुलाई घारसहितको मौरि र त्यसका सहायक सामाग्रीहरु वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा कृषकहरुको समेत २५ प्रतिशत लागत सहभागीतामा २५ लाख बजेटको कार्यक्रम अन्तरगत नगरपालिकाका २१ घर परिवारलाई २ सय ६ वटा स्थानीय सेरेना जातका मौरिसहित घार र सहायक सामाग्री वितरण गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिनुभयो । 

मौरिपालनका लागि इच्छुक कृषकहरुलाई कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान गरि कृषक छनौट गरेर तालिम समेत प्रदान गरेर घारसहित मौरि र सहायक सामाग्रीहरु वितरण गरिएको उहाँको भनाइ छ । 

नगर प्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकामा ठूलो मात्रामा तोरि खेति हुने गरेकाले समेत मौरिपालनको प्रचुर संभावना देखिएकाले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । मौरिपालनले मह उत्पादनका साथै तोरि उत्पादनमा समेत मद्दत पुग्ने भएकाले नगरपालिकाले मौरिपालनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

नगर प्रमुख गुरागाईँले नगर क्षेत्रमा हात्तीको आतंक देखिएकाले त्यसको नियन्त्रणका लागि समेत नगरको जंगल क्षेत्र आसपासका कृषकहरुलाई मौरिपालन जोड्दै जाने जानकारी दिनुभयो । 

उहाँले सरकारले उपलब्ध गराएको मौरि र सामाग्रीहरुबाट मह उत्पादन गरि भरपुर लाभ लिन कृषकहरुलाई आग्रह गर्दै दुरुपयोग भएको पाइए नगरपालिकाले गरेको लगानी असुल उपर गरिने समेत उल्लेख गर्नुभयो ।   

आइतबार नगर प्रमुख केदार प्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारी लगायतको टोलीले नगरपालिकाले मौरि प्रदान गरेका कृषकहरु भेटि आवश्यक परामर्श प्रदान गर्नुका साथै मौरिको अवस्था बारे अनुगमन गरेको थियो ।

नगरपालिकाले निश्चित समयमा नियमिति रुपमा मौरिको अवस्था बारे अनुगमन गर्दै जाने कृषि शाखाका प्राविधिक सुदीप भण्डारीले जानकारी दिनुभयो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार