मुख्य समाचार
नेपाल तरूण दल इटहरीको अधिवेसन सम्पन्न, नयाँ कार्य समिति चयन | लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग | निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला | जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन सक्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित) | नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी | “लेटाङको न्यायिक अभ्यास” पुस्तक सार्वजनिक | लेटाङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग | कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्ताको निःशुल्क विमा | ईरान राईको कवितासंग्रह ‘इतिहास’ सार्वजनिक | साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने |

विराटनगरको सिंघिया खोलामा महाशिव गंगा आरती सुरु (भिडियोसहित)

मोरङ खबर 363+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

विराटनगर । विराटनगरको घिनाघाटस्थित सिंघिया खोलामा महाशिव गंगा आरती सुरु गरिएको छ । साउन महिनाको पहिलो सोमबारको साइत पारेर गत सोमबार साँझदेखि विराटनगर–१९ घिनाघाटस्थित सिंघिया खोला किनारमा महाशिव गंगा आरती शुभारम्भ गरिएको हो ।  हेर्नुहोस् भिडियो समाचार ।   

वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियानको आयोजनामा वैदिक एवं सनातन परम्परा अनुसार शुरु गरिएको आरतीमा उल्लेख्य संख्यामा भक्तजनहरु सहभागी भएका छन् । देशका विभिन्न ठाउँमा नदी किनारमा शिवगंगा आरती गर्ने चलन रहेपनि विराटनगरमा भने पहिलोपटक सुरु गरिएकाले आरती हेर्न बाक्लो संख्यामा विराटनगबासी भेला भएका थिए । 

बनारसबाट प्रशिक्षित भएका झापाका पण्डितद्वय पुष्प गौतम र तुलसी खतिवडाले आरतीका निम्ति स्थानीय बटुकहरूताई १७ दिनसम्म प्रशिक्षण दिएपछि गंगाआरती सुरु गरिएको हो । अब प्रत्येक सोमबार साँझ आरतीलाई निरन्तरता दिइने आयोजक समितिका नेत्रप्रसाद निरौलाले जानकारी दिनुभयो ।  आरती शुभारम्भको क्रममा सबैभन्दा पहिले स्वस्तिवाचन, मंगलाचरण गरि दीप आरती र शिव ताण्डव स्तोत्र वाचन गरिएको थियो । 

सनातन धर्ममा गंगा आरती अनादिकालदेखि चलि आएको श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले जानकारी दिनुभयो ।  जीवनमा जलको महत्व सर्वोपरि रहेको बताउँदै उहाँले गंगाआरतीका कारण खोलाको सरसफाईमा पनि मद्दत पुग्ने बताउनुभयो । 

विराटनगरको घिनाघाटमा सुरु भएको शिवगंगा आरतीले यहाँको धार्मिक पर्यटन विकासमा मद्दत पुग्नेछ । विराटनगरमा कमै मात्रामा पर्यटकीयस्थलहरु रहेकोमा स्थानीयवासीले साथ दिएमा घिनाघाटको गंगा आरतीस्थल एउटा आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार