मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

“लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित)

रेवती रमण निरौला 161+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

लेटाङ । लेटाङ रनको तेश्रो संस्कारण माघ १ गते हुने भएको छ । आयोजक लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गर्दै माघ १ गते करिव ८ सय धावकहरुको सहभागितामा लेटाङ रन सञ्चालन गर्ने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै लेटाङ रनका अध्यक्ष किरण राईले यसवर्षको लेटाङ रन गतवर्षको भन्दा वृहतरुपमा र व्यापक सहभागितामा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । 

लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने भन्दै उहाँले यसवर्ष ४ वटा विधामा महिला र पुरुषतर्फ गरि ८ वटा प्रतिस्पर्धा सञ्चालन गरिने बताउनुभयो । 

सबै भन्दा ठूलो पुरस्कार राशीको खुला पुरुष÷महिला तर्फको १० किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन हुनेछ । जसमा देश विदेशका खेलाडीहरुले खुलारुपमा सहभागिता जनाउने छन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले मेडलसहित ३० हजार, दोश्रोले १५ हजार, तेश्रो हुनेले ८ हजार र सान्त्वना २ जनाले १/१ हजार नगद पुरस्कार पाउनेछन् । 

यस्तै लेटाङ नगरपालिका भित्रका धावक मात्र सहभागी हुन पाउने हाम्रो लेटाङ विधामा पनि महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धा हुनेछन् । जसमा प्रथम हुनेले मेडलसहति ७ हजार, दोश्रोले ४ हजार, तेश्रोले ३ हजार र सान्त्वना २ जनाले १/१ हजार नगद पुरस्कार पाउने छन् । 

यस्तै भेट्रान महिला र पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले मेडलसहित १० हजार, दोश्रोले ५ हजार र तेश्रो हुनेले ४ हजार नगद पुरस्कार पाउने छन् । यसैगरि कक्षा ८ भन्दा तल अध्ययनरत विद्यार्थीहरुको महिला र पुरुष दुवै तर्फको प्रतिस्पर्धामा प्रथम हुनेले मेडलसहित ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै रन पुरा गर्ने सबै धावकलाई मायाको चिनो प्रदान गरिनेछ ।

खुला महिला र पुरुष, हाम्रो लेटाङ महिला र पुरुष, भेट्रान महिला र पुरुष विधामा प्रतिस्पर्धा गर्ने धावकका लागि ४ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने कक्षा ८ भन्दा तलको प्रतिस्पर्धिका लागि ३ सय ५० रुपैयाँ दर्ता शुल्क लाग्नेछ । 

लेटाङ रनको प्रतिस्पर्धा माघ १ गते विहान ८ बजे लेटाङ बजारको वीपी चौकबाट सुरु भइ निर्धारित दुरी पुरा गरि पुनः वीपी चौकमा आइपुगेर सम्पन्न हुनेछ । 

प्रतियोगिता सञ्चालन गर्न लेटाङ नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, हाल युकेमा रहनु भएका स्थानीयवासी सन्तोष राई लागयत विभिन्न संस्था र व्यक्तिहरुले सहयोग गरेका छन् । लेटाङ रन सम्पन्न गर्न करिव ९ लाख रुपैयाँ लागत लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

लेटाङ नगरपालिकालाई चिनाउन समेत प्रतियोगिता आयोजना गरिएको हुनाले प्रतियोगितामा सहभागी भएर तथा दर्शकको रुपमा उपस्थित भएर समेत सहयोग गरि दिनुहुन आयोजकले सबै समक्ष आग्रह गरेको छ । 

युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै लागुऔषध दुव्र्यसनको कुलतमा लाग्नबाट टाढै राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लेटाङ रनका सदस्य तथा कमलपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

लेटाङ रनकी सविच मनकुमारी राईले यसवर्ष महिला र पुरुष दुवैतर्फको पुरस्कार राशी समान राखिएकाले महिला धावकहरुलाई उत्साहपूर्वक प्रतियोगितामा सहभागी हुन आह्वान गर्नु भएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार