मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सुन्दरहरैँचाको हिउँदे अधिवेशन सम्पन्न, ५ वटा विधेयक पारित

मोरङ खबर 407+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाको १५ औँ नगरसभाले विभिन्न ५ वटा विधेयक पारित गरेको छ । मंगलबार नगरपालिकाको सभाहलमा विधेयक सभाको रुपमा बसेको हिउँदे सभाले नगरपालिकाको कार्यसम्पादनका लागि आवश्यक विभिन्न ५ वटा विधेयकहरु सर्वसहमतिले पारित गरेको हो ।  

नगर प्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा बसेको नगरसभा बैठकले विनियोजन ऐन २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक २०८१; आर्थिक ऐन २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक २०८१; न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१; न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन विधेयक २०८१ र सहकारी ऐन २०७५ लाई दोस्रोपटक संशोधन गर्न बनेको विधेयक २०८१ गरि ५ वटा विधेयक सर्वसहमतिमा पारित गरेको हो । 

नगरसभामा सरकारी विधेयक र अर्थ विधेयकको रूपमा रहेको विनियोजन ऐन २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक २०८१ र आर्थिक ऐन २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक २०८१ उप–प्रमुख अकली चौधरीले टेबल गर्नुभएको थियो भने बाँकी अन्य विधेयकहरू विधायन समितिका संयोजक खेमप्रसाद न्यौपानेले टेबल गर्नुभएको थियो । 

  नगरसभाबाट पारित भएका यी सबै विधेयकहरू अब नगर प्रमुखले प्रमाणिकरण गरि सुन्दरहरैँचा नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागू हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार