मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |

केराबारी २ जेफालेमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधि दमकलाई

मोरङ खबर 396+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

-तिलक राई 

मोरङ । मोरङको केराबारी २ जेफालेमा सम्पन्न प्रदेश स्तरीय भलिवल प्रतियोगिताको उपाधि झापा दमकले जितेको छ । आज मंगलबार भएको फाइनल खेलमा बेलबारीलाई ३ १ को सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो । उपाधि विजेता दमकले ट्रफिसहित नगद १ लाख रुपैयाँ हात पारको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य बेलबारीले ट्रफिसहित ७५ हजार पाएको छ ।  

यसैगरि पुरुष भेट्रान्सतर्फ लेटाङलाई पराजित गर्दै बेलबारीले उपाधि जितेको छ । विजेता बेलबारीले नगद १५ हजार र उपविजेता भएको लेटाङले ८ हजार पुरस्कार पाएका छन् । यस्तै महिलातर्फको खेलमा लेटाङ ७ वारांगी विजयी भएको छ भने केराबारी २ सिंहदेवी दोश्रो भएको छ । विजेता वारांगीले नगद २० हजार र उपविजेता सिंहदेवीले नगद १० हजार पुरस्कार पाएका छन् । 

प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, विशिष्ट अतिथि धनकुटाको चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेमजोङ, उपाध्यक्ष टंकमाया मगर, जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारी, केराबारी २ का वडाध्यक्ष प्रेम बहादुर लिम्बू लगायतले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले सहयोग गर्दै जाने बताउनुभयो । 

यस्तै चौविसे गाउँपालिका धनकुटाका अध्यक्ष रामकुमार चेमजोङले धनकुटा र मोरङको उत्तरी क्षेत्र जोडिएर रहेकाले यस क्षेत्रमा खेलकुद तथा पर्यटन विकासका लागि सहकार्य गरेर जानुपर्ने बताउनुभयो । 

कार्यक्रममा केराबारी २ का पूर्व भलिवल खेलाडीहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।  बैशाख १ गतेबाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट पुरुषतर्फ ८ टीम, भेट्रान्स पुरुषतर्फ ४ टीम र महिलातर्फ ४ टीम गरि १६ वटा टीमको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार