सुन्दरहरैँचा । आचार्य कल्याण समाज नगर कार्य समिति सुन्दरहरैँचाको संयोजकमा कृष्णप्रसाद आचार्य चयन हुनु भएको छ । आर.के प्लाजा बिराटचौकमा भएको समाजको पहिलो भेलाबाट कृष्णप्रसादको संयोजकत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको सहसंयोजकमा राजन आचार्य, सचिव युजिन आचार्य तथा कोषाध्यक्षमा बिना आचार्य चयन भएका छन् । यस्तै सदस्यहरूमा प्रज्ज्वल आचार्य, ओमनाथ आचार्य, हरिप्रसाद आचार्य, शर्मिला आचार्य र पर्शुराम आचार्य चयन भएका छन् ।
आचार्य कल्याण समाज जिल्ला कार्य समिति मोरङका अध्यक्ष पदमप्रसाद आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
