मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

उपमेयर पक्षको माग पुरा गर्ने मेयरको प्रतिवद्धतापछि इटहरीको विवाद साम्य (भिडियोसहित)

रेवती रमण निरौला 158+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

इटहरी । उपमहानगर प्रमुख हेमकर्ण पौडेल, उपमेयर पक्षको माग सम्बोधन गर्न तयारी भएपछि इटहरी उपमहानगरपालिकामा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । आज बिहीबार नगरपालिकामा भएको छलफलमा उपमहानगर प्रमुख पौडेलले उपमेयरसहितका जनप्रतिनिधिहरुले उठाएका माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि विवाद समाधान भएको हो । 

नगर प्रमुखको निर्देशनमा एकलौटी रुपमा भएको कर्मचारी सरुवा बदर गर्ने, उपमेयरप्रति अशोभनिय व्यवहार गर्ने प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले माफि माग्ने, चालु आर्थिक वर्षमा वडामा छुट्टिएको योजना कार्यान्वयन तत्काल सुरु गर्ने, भुक्तानी दिन बाँकी रहेको योजनाको भुक्तानी प्रकृया शुरु गर्ने लगायतका कुरामा नगर प्रमुख हेमकर्ण पौडेल सहमत भएपछि आन्दोलन स्थगित गरिएको इटहरी ९ का वडाध्यक्ष जितेन थापाले जानकारी दिनुभयो ।  

उहाँका अनुशार प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता आज र भोलि विदामा रहनु भएकाले आइतबार वडा कार्यालयलाई पत्र पठाएर योजना सम्झौता प्रकृया अघि बढाउने सहमति भएको छ । 

यस्तै ७७ जना कर्मचारीको सरुवा गरिएकोमा माथिल्लो निकायबाट सहमति लिएर गरिएका सरुवा बाहेक सबै बदर गर्ने सहमति भएको छ । आफ्नो वडाबाट सरुवा गरिएका ७ जनै कर्मचारी फिर्ता आउने भएकाले अब वडाको सेवाप्रवाह सुरु गर्न सहज हुने वडाध्यक्ष थापाले बताउनुभयो । आफ्नो वडामा २१ दिनदेखि वडासचिव र राजश्वका कर्मचारी नहुँदा वडाको सबै काम रोकिएपछि आफुहरु बाध्य भएर अन्दोलित हुनुपरेको उहाँको भनाइ छ । 

उपमहानगर प्रमुख पौडेलले प्रतिवद्धता जनाए अनुशार काम नगरे पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउने उहाँले चेतावनी दिनुभयो । नेकपा एमालेबाट निर्वाचित उपप्रमुख संगीता चौधरी सहितका बहुमत जनप्रतिनिधिहरु केहि दिनदेखि उपमहानगर प्रमुख पौडेल एकलौटीरुपमा चलेको भन्दै आन्दोलित भएका थिए ।

नगर प्रमुखको निर्देशनमा वडाको सर्वर डाउने गरेको भन्दै उपप्रमुख चौधरीसहित केही वडाध्यक्ष र प्रशासन शाखा प्रमुख सञ्जीव खड्काबीच भनाभन समेत भएको थियो । त्यसपछि उपमेयर पक्षले प्रशासनमा ताला लगाएकोमा नगर प्रमुख पक्षले बुधबार ताला तोडेपछि विवाद झन बढेको थियो । उपप्रमुख पक्षले आज हुने वार्तामा नगर प्रमुखले माग पुुरा नगरे नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार