मुख्य समाचार
पतञ्जली योग समिति लेटाङले मनायो दशौँ राष्ट्रिय योग दिवस | लेटाङमा एमालेको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण शुरु | लेटाङ नगरपालिकाको सार्वजनिक सनुवाई कार्यक्रम सम्पन्न (भिडियोसहित) | विज्ञान बालकथा "भुइँचालो" | लेटाङमा ३ सय ७५ खेलाडी सहभागी म्याराथन सम्पन्न (भिडियोसहित) | नवगठित लेटाङ साहित्य कला सङ्गमको ’सृजना चौतारी’ शृङ्खला शुरु | फजुल खर्च कटाएर ग्रामीण विद्यालयलाई सहयोग | रेडक्रस सुन्दरहरैँचाद्वारा पत्रकार सुवेदी सम्मानित (भिडियो सहित) | “लेटाङ साहित्य कला संगम” विधिवतरुपमा दर्ता | फुटबलको विकासका लागि लेटाङ नगरपालिकाद्वारा खेलाडीहरुसँग अन्तरकृया |

लेटाङ ७ समलामा साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन हुने

मोरङ खबर 334+ समाचार ( )
५ जेठ २०८१, शनिबार

लेटाङ । लेटाङ नगरपालिका वडा नं ७ समलामा प्रथम समला साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । समला पर्यटन विकास समिति र समला खेलकुद समितिको संयुक्त आयोजनामा जेठ ९ गतेदेखि ११ गतेसम्म साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

किराँतीहरुको महान चाड उभौली पर्वको अवसरमा समला क्षेत्रको पर्यटन प्रवर्धन, किराँत संस्कृतिको प्रचार प्रसार तथा खेल क्षेत्रको विकास गर्ने उद्देश्यले समलामा पहिलो पटक एकैसाथ साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । भलिवल प्रतियोगितमा मोरङसहित पाँचथर, धनकुटा र इलाम लगायत जिल्लाका टीमले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४० हजारसहित ट्रफि तथा दोश्रो हुनेलाई नगद २० हजारसहित ट्रफि प्रदान गरिने आयोजक समला पर्यटन विकास समितिका अध्यक्ष अजय राईले जानकारी दिनुभयो । 

यसैगरि साँस्कृतिक मेलामा किराँत राईहरुको साकेला नाचमा रमाउन तथा परम्परागत परिकारहरुको स्वाद समेत चाख्न पाइने आयोजकले जनाएको छ ।  

समलाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका साथै झापा र मोरङका तराईंका फाँटको मनामोहक दृश्य पनि देख्न सकिन्छ । साथै अहिलेको गर्मि मौसममा समेत चिसो हावा चलिरहने समला क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । समला साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिताको निहुँमा समला पुग्नेहरुले चर्को गर्मीमा निकै शितलताको अनुभुति गर्न पाउने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार