मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ ७ समलामा साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन हुने

मोरङ खबर 407+ समाचार ( )
५ जेठ २०८१, शनिबार

लेटाङ । लेटाङ नगरपालिका वडा नं ७ समलामा प्रथम समला साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । समला पर्यटन विकास समिति र समला खेलकुद समितिको संयुक्त आयोजनामा जेठ ९ गतेदेखि ११ गतेसम्म साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

किराँतीहरुको महान चाड उभौली पर्वको अवसरमा समला क्षेत्रको पर्यटन प्रवर्धन, किराँत संस्कृतिको प्रचार प्रसार तथा खेल क्षेत्रको विकास गर्ने उद्देश्यले समलामा पहिलो पटक एकैसाथ साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । भलिवल प्रतियोगितमा मोरङसहित पाँचथर, धनकुटा र इलाम लगायत जिल्लाका टीमले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४० हजारसहित ट्रफि तथा दोश्रो हुनेलाई नगद २० हजारसहित ट्रफि प्रदान गरिने आयोजक समला पर्यटन विकास समितिका अध्यक्ष अजय राईले जानकारी दिनुभयो । 

यसैगरि साँस्कृतिक मेलामा किराँत राईहरुको साकेला नाचमा रमाउन तथा परम्परागत परिकारहरुको स्वाद समेत चाख्न पाइने आयोजकले जनाएको छ ।  

समलाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका साथै झापा र मोरङका तराईंका फाँटको मनामोहक दृश्य पनि देख्न सकिन्छ । साथै अहिलेको गर्मि मौसममा समेत चिसो हावा चलिरहने समला क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । समला साँस्कृतिक मेला तथा भलिवल प्रतियोगिताको निहुँमा समला पुग्नेहरुले चर्को गर्मीमा निकै शितलताको अनुभुति गर्न पाउने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार