मुख्य समाचार
खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग | नमुना वचतको साधारणसभा सम्पन्न, विभिन्न व्यक्तित्वहरु पुरस्कृत | लेटाङमा बहुजातिय बहुधार्मिक र्याली प्रदर्शन गरिने | विराटनगरको सिंघिया खोलामा महाशिव गंगा आरती सुरु (भिडियोसहित) | सुन्दरहरैंचामा भित्रियो धान रोप्ने मेसिन, रोपाहारले भन्दा ७ गुणा सस्तो (भिडियोसहित) | लेटाङमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरिने (भिडियोसहित) |

केपी ओली कपको प्रचार प्रसारका लागि मोरङमा जिल्लाव्यापी कार्यक्रम

मोरङ खबर 318+ समाचार ( )
२० माघ २०८०, शनिबार

लेटाङ । रास्ट्रिय युवा संघ नेपाल मोरङले केपी ओली कप २०८० को प्रचार प्रसारका लागि प्रतियोगिताको पूर्वसन्ध्यामा जिल्लाव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।

रास्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका १७ वटै पालिकामा कार्यक्रम गर्ने क्रममा स्थानीय पालिका कमिटीसँगको समन्वयमा मैत्रीपूर्ण क्रिकेट, फुटबल र फुटसल खेल खेलाउनुका साथै सरसफाई कार्यक्रम र लागुऔषध विरुद्धको सचेतना जस्ता सामाजिक गतिविधि सञ्चालन गरेको छ । 

जस अन्तरगत सुन्दरहरैंचा, बेलबारी, सुनवर्सी, कटहरी र केरावारीमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ भने उर्लाबारीमा फुटसल र लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै विराटनगर र बुढीगंगामा क्रिकेट प्रतियोगिता तथा  मिक्लाजुङमा फुटसल र सरसफाई कार्यक्रम गरिएको संगठन विभाग प्रमुख मनोज दाहालले जानकारी दिनुभयो । लेटाङमा भोलि आइतबार भलिवल प्रतियोगिता गराइने तथा जहदा र धनपालथानमा आउँदो शनिबार क्रिकेट प्रतियोगिता गर्ने तयारी रहेको उहाँको भनाइ छ । 

केपी ओली कपको प्रचार प्रसारका साथै युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै लागुऔषध दुव्र्यसनीबाट टाढै राखेर स्वास्थ्य समाज निर्माण गर्ने उद्देश्यले जिल्लाव्यापी कार्यक्रम गरिएको संघका जिल्ला अध्यक्ष प्रविण घिमिरेले बताउनुभयो । 

रास्ट्रिय युवा संघ नेपाल मोरङले आगामी दिनमा पनि यस्तै प्रकारका  सामाजिक र जनमुखि अभियानलाई निरन्तर दिंदै जाने उहाँको भनाइ छ । केपी ओली कप आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार