मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
मोरङ जिल्ला फुटबल रेफ्रि संघका वरिष्ठ उपाध्यक्ष माधव लिम्बूले हालसम्म १ सय ८ जनाले प्रशिक्षणका लागि नाम टिपाएकोमा १ सय ८० जनासम्मलाई सहभागी गराउन सकिने भएकाले चाँडो भन्दा चाँडो नाम टिमाउन इच्छुक खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले लेटाङ–४ स्थित जनसेवा खेल मैदानबाट प्रशिक्षण शुभारम्भ गरिएकोमा, लेटाङ २ को खेलमैदान, लेटाङ ४ को प्याव्सन चौरी र लेटाङ ९ स्थित श्रीमाविको खेल मैदानमा गरि ४ ठाउँमा प्रशिक्षण सञ्चालन हुनेजानकारी दिनुभयो । प्रशिक्षण लिन चाहने खेलाडीहरुले आफुलाई पायक पर्ने नजिकैको खेल मैदानमा प्रशिक्षण लिन सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
१७ वैशाख २०८२, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाले नगर क्षेत्रमा फुटबल खेलाडी उत्पादन गरि खेल क्षेत्रको विकास गर्ने उद्देश्यका साथ १५ वर्षमुनिका छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा लेटाङ फुटबल क्लवको व्यवस्थापनमा १५ वर्षभन्दा मुनि १० वर्षसम्मका १ सय ८० जना छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरिएको हो । 

नगरपालिकाका विभिन्न ४ ठाउँमा १ महिनासम्म सञ्चालन हुने प्रशिक्षणको मंगलबार लेटाङ ४ स्थित जनसेवा खेल मैदानबाट शुभारम्भ गरिएको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले प्रशिक्षकलाई फुटबल हस्तान्तरण गर्दै प्रशिक्षणको शुभारम्भ गर्नुभयो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्रकुमार लावतीले खेल खेलेर पैसा र नाम दुवै कमाउन सकिने भएकाले मेहनत गरे प्रशिक्षणमा सहभागी हुन प्रशिक्षार्थी खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले खेल क्षेत्रका सरोकारवालाहरुको सुझाव अनुशार १५ वर्ष मुनिका छात्रछात्राहरुका लागि प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिँदै नगरपालिकाले प्रशिक्षणलाई आगमी वर्षपनि निरन्तरता दिंदै जाने बताउनुभयो ।

यस्तै लेटाङ नगरपालिकाकी नगर उपप्रमुख कृष्णकुमारी निरौलाले खेल सँगसँगै अध्ययनलाई पनि अगाडी बनाउन आग्रह गर्दै नगरपालिकाले पछिल्लो समय खेल क्षेत्रको विकासका लागि काम गरिरहेको जानकारी दिनुभयो । 

उहाँले भर्खरै नगर खेलकुद महोत्सव सम्पन्न गरेको स्मरण गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले विभिन्न प्रशिक्षणहरु सञ्चालन गरेको बताउनुभयो । उहाँले फुटबलको प्रशिक्षणमा छात्राहरुको समेत उल्लेख्य सहभागिता देखिएकोमा खुशी व्यक्त गर्दै यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । 

यसैगरि लेटाङ नगपालिकाको समाजिक विकास शाखा प्रमुख तथा लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले नगरपालिकाले सामुहिक रुपमा प्रशिक्षण सञ्चालन गरेर खेललाई व्यवसायिक रुपमा अघि बढाउन लागेको बताउनुभयो । 

लेटाङ फुटबल क्लवका अध्यक्ष इन्द्र राईले खेलाडीहरुलाई खेलेर पैसा कमाउन सक्ने खेलाडी बन्न आग्रह गर्दै अनुशासित भएर राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी बन्ने गरि मेहनतका साथ प्रशक्षिणमा सहभागी हुन खेलाडीहरुलाई आग्रह गर्नुभयो । 

यस्तै मोरङ जिल्ला फुटबल रेफ्रि संघका वरिष्ठ उपाध्यक्ष माधव लिम्बूले हालसम्म १ सय ८ जनाले प्रशिक्षणका लागि नाम टिपाएकोमा १ सय ८० जनासम्मलाई सहभागी गराउन सकिने भएकाले चाँडो भन्दा चाँडो नाम टिमाउन इच्छुक खेलाडीलाई आग्रह गर्नुभयो । 

उहाँले लेटाङ–४ स्थित जनसेवा खेल मैदानबाट प्रशिक्षण शुभारम्भ गरिएकोमा, लेटाङ २ को खेलमैदान, लेटाङ ४ को प्याव्सन चौरी र लेटाङ ९ स्थित श्रीमाविको खेल मैदानमा गरि ४ ठाउँमा प्रशिक्षण सञ्चालन हुनेजानकारी दिनुभयो । प्रशिक्षण लिन चाहने खेलाडीहरुले आफुलाई पायक पर्ने नजिकैको खेल मैदानमा प्रशिक्षण लिन सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ । 

लेटाङ नगरपालिकाले पछिल्लो समय खेल क्षेत्रको विकासका लागि नगर स्तरीय खेलकुद महोत्सव सञ्चालन गर्नुका साथै विभिन्न खेल विधाका प्रशिक्षण सञ्चालन गर्दै आएको छ । भर्खरै महिला भलिवलको ३ महिने प्रशिक्षण सम्पन्न गरेको नगरपालिकाले मंगलबारदेखि १५ वर्ष मुनिका छात्रछात्राहरुका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गरिरहेको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार