मुख्य समाचार
पतञ्जली योग समिति लेटाङले मनायो दशौँ राष्ट्रिय योग दिवस | लेटाङमा एमालेको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण शुरु | लेटाङ नगरपालिकाको सार्वजनिक सनुवाई कार्यक्रम सम्पन्न (भिडियोसहित) | विज्ञान बालकथा "भुइँचालो" | लेटाङमा ३ सय ७५ खेलाडी सहभागी म्याराथन सम्पन्न (भिडियोसहित) | नवगठित लेटाङ साहित्य कला सङ्गमको ’सृजना चौतारी’ शृङ्खला शुरु | फजुल खर्च कटाएर ग्रामीण विद्यालयलाई सहयोग | रेडक्रस सुन्दरहरैँचाद्वारा पत्रकार सुवेदी सम्मानित (भिडियो सहित) | “लेटाङ साहित्य कला संगम” विधिवतरुपमा दर्ता | फुटबलको विकासका लागि लेटाङ नगरपालिकाद्वारा खेलाडीहरुसँग अन्तरकृया |

नगरमाता महेश्वरा अधिकारी स्मृति ग्रन्थ लोकार्पण (भिडियोसहित)

मोरङ खबर 334+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाकी प्रथम नगरमाता स्वर्गिय महेश्वरा अधिकारीको स्मृतिमा प्रकाशित महेश्वरा अधिकारी स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार स्वर्गिय महेश्वरा अधिकारीको निवासमा विशेष धार्मिक कार्यक्रमसहित स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईं लगायतका अतिथिहरुले स्मृतिग्रन्थ लोकार्पण गर्नुभयो ।

सुन्दरहरैँचा नगरपालिकाले २०७५ सालमा पहिलोपटक नगरमाता घोषणा गरिएकी अधिकारीको १ सय १४ वर्षको उमेरमा २०७९ सालमा देहावसान भएको थियो । नगरमाता अधिकारीको देहवासनपछि उहाँको परिवारको प्रयासमा स्मृतिग्रन्थ निर्माण गरिएकोमा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा सुकुना मिडिया एण्ड सर्भिस प्रा. लि. ले स्मृति ग्रन्थ प्रकाशन गरेको हो । 

१ सय १२ पृष्ठको स्मृति ग्रन्थमा नगरमाता अधिकारीका घरपरिवार, आफन्त लगायतले लेखेका संस्मरण, नगरमातासँगका प्रसंग, कविता लगायतका रचना छन् । पुस्तकमा धनकुटाको चानुवादेखि मोरङको सुन्दरहरैंचा नगरपालिकासम्मका प्रसंगहरु उल्लेख गरिएका छन् । धनकुटाको ग्रामिण पहाडी क्षेत्रको पुरानो जीवनशैली र संस्कृतिलाई पुस्तकमा विभिन्न व्यक्तिहरुले विभिन्न प्रसंगमा उल्लेख गरेका छन् ।

स्मृति ग्रन्थ लोकार्पण गर्दै सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कुरामा नगरपालिका सँधै अग्रसर रहेको बताउनुभयो । उहाँले नगरमातासँगका भोगाइहरु समेटेर प्रकाशन गरिएको स्मृति ग्रन्थ नगरपालिकाका लागि समेत एउटा ऐतिहासिक दस्तावेजको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकाले नगरकै चिनारीको रुपमा ऐतिहासिक पक्षहरुलाई समेटेर पुस्तक प्रकाशनको तयारी गरेको समेत जानकारी दिनुभयो । 

कार्यक्रमा सुन्दरहरैंचा ७ का पूर्ववडाध्यक्ष चैतन्यप्रसाद सिटौला, विराट साहित्य सामाजका अध्यक्ष उमानाथ भट्टराई, प्राध्यापक टोलनाथ काफ्ले लगायतले स्मृतिग्रन्थ र नगरमाताका बारेमा चर्चा गर्नुभयो । 

कार्यक्रममा सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, वडासदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, लेखक, प्राध्यापक, विभिन्न दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

सुकुना मिडिया एण्ड सर्भिस प्रालिका अध्यक्ष शर्मिला घिमिरे सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम स्मृति ग्रन्थका सम्पादक खेमचन्द्र अधिकारीले सञ्चालन गर्नुभएको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार