लेटाङ । लेटाङमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य समस्या समाधान विषयक गोष्ठी सम्पन्न भएको छ । सामुदायीक विकास मञ्च (सीडीएफ) को आयोजना, व्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग तथा अन्तर धार्मिक शान्ति महासंघको साझेदारीमा भएको गोष्ठीमा हिन्दू, वौद्ध, किराँत, युमा सम्योक, स्वर्गीक मार्ग, इस्लाम र इसाइ गरि ७ धर्मका अनुयायीहरुको सभागीता रहेको थियो ।

सामुदायीक विकास मञ्चका अध्यक्ष रामचन्द्र बुढाथोकीले अध्यक्षता गर्नु भएको गोष्ठीमा अन्तर धार्मिक शान्ति महासंघका अध्यक्ष रामभक्त कुरुम्वाङको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा सामुदायीक विकास मञ्चकी उपाध्यक्ष कमला कोइरालाले स्वागत मन्तव्य राख्दै गोष्ठीको महत्व र आवश्यकता बारे प्रस्ट पार्नुभयो ।
सीडीएफका कार्यालय प्रमुख नर बहादुर लिम्बूले सहजिकरण गर्नु भएको गोष्ठीमा सहभागीबीच छलफल र समूह प्रस्तुती समेत गरिएको थियो । गोष्ठीमा २५ जनाको सहभागीता रहेको लिम्बूले जानकारी दिनुभयो ।