मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

प्रथम लेटाङ मेयरकप क्रिकेटको उपाधि राजारानी किंग्सले जित्यो, चिसाङ २३ रनले पराजित

मोरङ खबर 407+ समाचार ( )
१२ जेठ २०८१, शनिबार

लेटाङ । लेटाङमा सम्पन्न प्रथम लेटाङ मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि राजारानी किंग्सले जितेको छ । लेटाङमा औपचारिकरुपमा पहिलो पटक आयोजना गरिएको क्रिकेट प्रतियोगिताको उपाधि जित्दै राजारानी किंग्सले इतिहास रच्न सफल भएको छ । 

लेटाङ ५ स्थित प्रस्तावित वुद्ध रंगशालामा शनिबार भएको फाइनल खेलमा चिसाङ वारियर्सलाई २९ रनले पराजित गर्दै राजारानी किंग्सले उपाधि जित्न सफल भएको हो । उपाधि विजेता राजारानीले नगद ६८ हजार सहित ट्रफि हात पारेको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य चिसाङ वारियर्सले नगद ३५ हजार प्राप्त गरेको छ । 

राजारानीले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको चिसाङ ९ विकेटको क्षतिमा १ सय १६ रनमा सिमित भएपछि उपाधि राजारानीको पोल्टामा पुगेको हो । राजारानीलाई जित दिलाउने क्रममा मिसन श्रेष्ठले ३, सुन्दर साँवाले २ तथा करण श्रेष्ठ, द्रोर्ण मगर र निकेस पौडेलले सम्मान १–१ विकेट लिए । यता चिसाङ वारियर्सका लागि प्रेम विवस श्रेष्ठले २२, उत्तम ढकालले १६, जित नारायण दासले ११ र विवस श्रेष्ठले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । 

पहिलो इनिङ्गसमा टस जितेर राजारानीलाई ब्याटिङको निम्तो दिएको चिसाङले २० ओभरको समाप्तिमा ५ विकेट झार्दै राजारानीलाई १ सय ३९ रनमा समेट्न सफल भएको थियो । खेलमा राजारानीका लागि नोर्बु तामाङले ३०, दिवस पाख्रीनले २३, दोर्ण मगरले २१ र असोक सुबेदीले १७ रनको योगदान दिए । यता चिसाङ किंग्सका लागि उत्तम ढकाल, रोबट थेवे, विष्णु मगर र जित नारायण दासले सम्मान १–१ विकेट लिए । 

फाइनल खेलको म्यान अफ दी म्याच राजारानीका नोर्बु तामाङ भए । यस्तै वाराजी ह्याप्पीका शिखर घिमिरे उदयमान खेलाडी घोषित हुँदा राजारानीका मिसन श्रेष्ठले उत्कृष्ट बलरको उपाधि पाए । यता राजारानीका द्रोर्ण मगरले म्यान अफ दी सिरिज र उत्कृष्ट व्याट्सम्यानको गरि २ वटा उपाधि जिते । विभिन्न विधामा उत्कृष्ट भएका सबै खेलाडीहरुले मेडल र नगद पुरस्कार प्राप्त गरेका छन् ।  

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतले विजेता तथा उपविजेता टीमका खेलाडीहरुलाई ट्रफि, मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले पालिकाले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेको भन्दै आगमी दिनमा क्रिकेट खेलको विकासका लागि अझ लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । 

यस्तै उपप्रमुख तथा नगर खेलकुद विकास समिति संयोजक कृष्ण कुमारी निरौलाले लेटाङ नगरपालिकाले क्रिकेट खेलको विकासका लागि पहिलो प्रयास गरेको भन्दै क्रिकेट खेलको विकासका लागि सबैपक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नभुयो ।  

लेटाङका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथमा क्रिकेट खेलको विकासका लागि लेटाङका क्रिकेट खेलाडीहरुलाई राजारानी, चिसाङ, बाराजी तथा कोलुङ गरि ४ टिममा समावेश गराई प्रतिस्पर्धा गराइएको हो । खुला अक्सनका आधारमा खेलाडीहरुलाई विभाजन गरि राउन्ड रोविनका आधारमा टि ट्वान्टी फर्मेटमा खेल सञ्चालन गरिएको थियो ।      

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार