मुख्य समाचार
लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) |

लेटाङ -५ स्थित भाग्योदय गाउँले साकोसको स्थापना दिवस सम्पन्न

मोरङ खबर 405+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

- राजु गौतम 

लेटाङ । लेटाङ नगरपालिका वडा नं ५ मा वित्तिय सेवा प्रदान गर्दै आएको भाग्योदय गाउँले साकोसको एकीकरण पछिको तेस्रो स्थापना दिवस बिहीबार विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको छ ।

स्थापना दिवसका अवसरमा वडा नं ५ का आधारभूत तह (कक्षा १-५) का विद्यार्थीहरु बीच हाजिरी जवाफ प्रतियोगिता, संस्थाका महिला सदस्य बीच सांगीतिक कुर्सी घुमाइ खेल र सम्मान कार्यक्रम गरिएको छ । 

हाजिरी जवाफ प्रतियोगितामा सहभागी छ विद्यालयहरू बीचको प्रतिस्पर्धामा शिक्षा विकास मावि प्रथम, सनराइज इङ्लिस स्कुल दोस्रो र लेटाङ आवसिय माविले तेस्रो स्थान हात पारेका छन् ।

यस्तै महिलाहरूको सांगीतिक कुर्सी दौडमा सिजल सूर्य मगरले प्रथम, गोमा आचार्यले  दोस्रो र हिमा तिम्सिनाले तेस्रो स्थान हासिल गरेका छन् ।

यसैगरि साकोसका उत्कृष्ट बालबचतकर्ताहरू र साकोसका उपसमिति सदस्य रामप्रसाद बराल लेटाङ क्याम्पसको क्याम्पस प्रमुखका रुपमा नियुक्त हुनु भएकोमा सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्दै वक्ताहरुले संस्थाको स्थापना, औचित्य र सम्भाव्यताका बारेमा धारणा राखेका छन् । स्वागत मन्तव्यका क्रममा संस्थाका उपाध्यक्ष इन्द्रबहादुर न्यौपानेले संस्थाको ऐतिहासिक पृष्ठभूमि सहित एकीकरणको सन्दर्भ प्रस्तुत गर्नुभयो । 

संस्थाकी निवर्तमान अध्यक्ष, नगर कार्यपालिका सदस्य शोभा खड्काले वडा नं ५ मा लामो समयबाट सञ्चालित साकोसहरूको एकीकरणले वडामा नै सदस्यहरूलाई सहकारी सेवा, सशक्तीकरण र नेतृत्व सीप विकासमा ठूलो सहयोग पुगेको जनाउँदै संस्था एकीकरणमा महत्वपूर्ण भुमिका खेल्नुहुने वडा नं ५ का वडाध्यक्ष भूम बहादुर सूर्य मगरको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा नं ५ का वडाध्यक्ष भूम बहादुर सूर्यमगरले वडा नं ५ को बढ्दो जनसंख्या, साकोसको सेवा प्रवाहमा चुस्तता, साकोसको सम्भाव्यता आदि पक्षका विषयमा धारणा राख्नुभयो । उहाँले वडा नं ५ मा आम शेयर सदस्यहरूलाई अधिकतम सेवा प्रवाह गर्दै जीवनस्तर उकास्न साकोसले भुमिका खेल्नुपर्ने पनि बताउनुभयो । 

कार्यक्रममा संस्थाकी अध्यक्ष नानुदेवी सुवेदीको अध्यक्षता रहेकोमा वडा नं ५ का वडाध्यक्ष भूम बहादुर सूर्य मगरको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य तथा संस्थाकी निवर्तमान अध्यक्ष शोभा खड्काको विशिस्ट आतिथ्यता, वडा सदस्यहरू राम बहादुर पौडेल, सुकमाया लिम्बू, पुस्पा विक तथा सहकारीकर्मीहरूको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव टंक बरालले गर्नु भएको थियो ।

लेटाङ ५ मा रहेका भाग्योदय महिला साकोस र गाउँले साकोसको २०७७ माघ १८ गते एकीकरण भइ भाग्योदय गाउँले साकोसको रुपमा सञ्चालन हुँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार