मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा क्रिकेट प्रतियोगिता हुने, उद्घाटन खेलमा राजारानी किंग्स् र कोलुङ नाइट राइडर्स भिड्दै

मोरङ खबर 407+ समाचार ( )
७ जेठ २०८१, सोमबार

लेटाङ । लेटाङ नगरपालिकाको आयोजनामा जेठ ९ गते देखि १२ गतेसम्म प्रथम मेयर कप क्रिकेट प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ । लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा सञ्चालन हुने प्रतियोगितामा लेटाङकै ४ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।

लेटाङमा रहेका क्रिकेट खेलाडीहरु र क्रिकेटसँग चासो राख्ने युवाहरुमध्येबाट खेलाडी छनौट गरि ६५ जना खेलाडीहरुलाई ४ वटा समूहमा विभाजन गरि प्रतिस्पर्धा गराउन लागिएको हो । लेटाङका पर्यटकीय क्षेत्रहरुको नामसँग जोडेर टीमहरुको नामाकरण गरि लिग पद्धतिमा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइएको छ ।

जसमा राजारानी किंग्स्, चिसाङ वारियर्स, वाराजी ह्याप्पी र कोलुङ नाईट राईडर्स गरि ४ टीम सहभागी हुनेछन् । जेठ ९ गते दिउँसो १ बजे हुने उद्घाटन खेलमा राजारानी किंग्स् र कोलुङ नाइट राइडर्स भिड्दैछन् । फाइनल खेल जेठ १२ गते दिउँसो १ बजे हुनेछ । 

प्रतियोगिताको विजेत टीमले ट्रफिसहित ६८ हजार नगद र उपविजेता टीमले ट्रफिसहित ३५ हजार नगद हात पार्नेछन् । देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल क्रिकेट खेलमा बढी संभावना देखिएकाले लेटाङका युवाहरुलाई पनि क्रिकेट खेलतर्फ आकर्षित गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो ।

लेटाङमा नगरपालिकाको आयोजनामा पहिलो पटक क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेपछि क्रिकेट खेलाडीहरु र क्रिकेट प्रेमीहरु उत्साहित भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार