मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |

लेटाङमा दोश्रो मेयर कप फुटबल प्रतियोगिता हुँदै (यस्तो छ खेल तालिका)

रेवती रमण निरौला 151+ समाचार ( )
११ असार २०८०, सोमबार

मोरङ । लेटाङ नगरपालिकाको आयोजनामा दोश्रो मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । असार १३ गतेदेखि २२ गतेसम्म लेटाङ नगरपालिका वडा नम्बर ३ कमलपुरस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरका ९ वटा वडा प्रतिस्पर्धा गर्नेछन् । असार १३ गते हुने उद्घाटन खेलमा वडा नम्बर ६ र ७ बीच प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल असार २२ गते हुनेछ ।

प्रतियोगिताको तयारी स्वरुप ९ वटै वडाबाट खेलाडी छनौट गरि दाबी विरोधको सूचना समेत प्रकाशीत गरि अन्तिम नामावली प्रकाशन गरि सकिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको समेत उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।

यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच तथा प्रतियोगिताको अन्तिममा बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट फरवार्ड, हाइस्कोरर र म्यान अफ दी म्याच घोषणा गरि पुरस्कृत गरिने सदस्यसचिव राईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता सञ्चालन गर्नैपर्ने भएकाले निकै आलोचना हुँदाहुँदै पनि मध्य असारमै भएपनि प्रतियोगिता सञ्चालन गर्न लागिएको पनि जानकारी दिनुभयो ।  

प्रतिक्रिया

टेक बाहादुर खत्री १३ असार २०८०, बुधवार

आजको खेल बिजयता समुहलाइ धन्नेवाद

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार