मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा फागुन ३ देखि खेलकुद महोत्सव हुँदै, ९ विधामा प्रतिस्पर्धा

रेवती रमण निरौला 160+ समाचार ( )
२३ माघ २०८१, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाको आयोजनामा फागुन ३ गतेदेखि ७ गतेसम्म खेलकुद महोत्सव हुने भएको छ । लेटाङ नगरपालिकाले बुधबार सूचना जारी गर्दै “प्रथम लेटाङ नगरपालिका स्तरीय खेलकुद महोत्सव २०८१” नाम दिएर सञ्चालन हुने खेलकुद महोत्सवमा विभिन्न ९ वटा खेल विधाहरुमा प्रतिस्पर्धा हुने जानकारी गराएको छ ।

खेलकुद महोत्सवमा महिला भलिवल, पुरुष भलिवल, पुरुष फुटबल, क्रिकेट, व्याडमिन्टन, चेस, बाघचाल, टेवल टेनिस र छात्र–छात्रा दुवैतर्फको अण्डर थर्टिन ३ किलोमिटर म्याराथुन दौड प्रतियोगिता सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।  

नगरपालिकाद्वारा जारी सूचनामा प्रतियोगितामा विजयी हुने टीमले पाउने पुरस्कार राशी र खेलाडीहरुको मापदण्ड बारे पनि जानकारी गराइएको छ ।  महिला भलिवल, पुरुष भलिवल, फुटबल र क्रिकेटतर्फ प्रथम हुनेलाई ४० हजार, दोश्रोलाई २७ हजार र तेश्रोलाई १३ हजार ५ सय पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यस्तै व्याडमिन्टनतर्फ प्रथम हुनेलाई १२ हजार र दोश्रोलाई ८ हजार तथा चेस, बाघचाल, टेवल टेनिस र अण्डर थर्टिन ३ किलोमिटर म्याराथुन दौडमा छात्र–छात्रा दुवैतर्फ प्रथम हुनेलाई ८ हजार र दोश्रोलाई ५ हजार पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ । पुरस्कार रकममा नियमअनुशार लाभकर लाग्ने पनि सूचनामा जनाइएको छ । 

प्रतियोगितामा सहभागी हुने खेलाडीको नामावली वडा कार्यालयले सिफारिस गर्नुपर्ने नियम राखिएको शिक्षा शाखाका कर्मचारी अनिल मिश्रले जानकारी दिनुभयो । वडा कार्यालयले खेलाडी सफिारिस गर्दा निश्चित शर्त बन्देजहरु पालन गर्नुपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

शर्त बन्देजहरु निम्नानुशार छन् । 

१. खेलाडीले खेलको कुनै १ विधामा मात्र सहभागी हुन पाउनेछन् । 

२. प्रत्येक वडाबाट (महिला भलिवल, पुरुष भलिवल र फुटबल) एक टिमले सहभागिता जनाउनु पर्नेछ भने अन्य खेलकुदका विधामा वडाको सिफारिस लिएर नगरपालिकाको कार्यालयमा टिम दर्ता गर्न सकिनेछ । 

३. अण्डर थर्टिन ३ किलोमिटर म्याराथुन दौड छात्र र छात्रा दुवैतर्फका लागि अनिवार्य रूपमा जन्मदर्ता प्रमणपत्रको फोटोकपि समावेश गर्नुपर्नेछ । 

४. टिम निर्माण गर्दा वडा कार्यालयले सम्बन्धित वडाको विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत छात्र–छात्राहरुलाई सहभागि गराउन पाउनेछ । 

५. विद्यार्थी बाहेकका खेलाडीको हकमा लेटाङ नगरपालिका स्थायी ठेगाना भएका जुनसुकै उमेरका (अण्डर थर्टिन ३ किलोमिटर म्याराथुन दौड बाहेक) खेलाडीहरूलाई सहभागि गराउन सक्ने तर बसाइँसराइ गर्नेको हकमा २०८१  माघ २२ गते अघिको बसाइँसराइको प्रमाणपत्र मात्र मान्य हुनेछ ।

६. वडा कार्यालयले खेलाडीको नामावली सहितको सिफारिस पत्र दिनुपर्नेछ । 

 वडाबाट प्रतिस्पर्धी खेलाडीको टिम बनाएर (वडागत) तथा वडाको सिफारिस सहित (खुल्ला) रूपमा माघ ३० गते १ बजेभित्र खेलाडीको नाम तथा समुह दर्ता गर्नुपर्ने गरि समय तोकिएको छ ।

खेलाडीको नामावली माघ ३० गते नै प्रकाशन गर्ने तथा फागुन १ गते २ बजेसम्मका लागि दावी विरोधको समय तोकिएको छ  । खेलको टाइसिट प्रकाशन फागुन १ गते ३ बजे हुने र खेल महोत्सव उद्घाटन स्थल समेत खेल तालिकासँगै प्रकाशन गरिने नगरपालिकाले जनाएको छ । 

 बिगतका वर्षहरुमा सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्नका लागि संघीय सरकारबाट कुनै जानकारी नआएपछि लेटाङ नगरपालिकाले आफ्नै अग्रसरतामा विद्यालयका विद्यार्थीहरुलाई समेत लक्षित गरि नगर स्तरीय खेलकुद महोत्सव आयोजना गरेको हो । यस खेल महोत्सवमा परम्परागत रुपमा खेलिने तर आजभोलि लोप हुन लागेको बाघचाल खेलको संरक्षणका लागि सो खेल पनि समावेश गरिएको खेलकुद शाखाका कर्मचारी अनिल मिश्रले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार