मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ नगरपालिका २ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

विवेक वस्ती 22+ समाचार ( )
८ माघ २०८०, सोमबार

लेटाङ । लेटाङ नगरपालिका वडा नं २ को नवनिर्मित प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले आज विशेष  कार्यक्रमका बीच भवनको उद्घाटन गर्नुभयो । सो अवसरमा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्व नगर प्रमुख शंकर राई, विभिन्न वडाका वडाध्यक्षहरु लागयतको समेत सहभागिता रहेको थियो । 

जिल्ला समन्वय समिति मोरङको ४१ लाख ५७ हजार र लेटाङ नगरपालिलकाको ५२ लाख ४२ हजार रुपैयाँ गरि कूल ९३ लाख ९९ हजारको लागतमा निर्मित २ तले भवनको आज उद्घाटन गरि सेवा समेत आजैदेखि सुरु गरिएको हो ।

२०७९ साल वैशाखमा ठेक्का सम्झौता भइ सोही वर्ष चैत्र भित्र निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण सम्पन्न नभएपछि भ्याद थप गरि २०८० असोजमा निर्माण सम्पन्न गरिएको नगरपालिकाका इञ्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो ।

यसैबीच आजै वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकीमा ल्याव सेवा समेत सुरुवात गरिएको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले ल्याव सेवाको समुद्घाटन गर्नुभयो । यस स्वास्थ्य चौकीमा नगरपालिकामै पहिलोपटक वडा स्तरीय स्वास्थ्य संस्थामा ल्याव सेवा सुरु गरिएको हो । 

लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, सामाजिक अगुवा लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । सो २ तले भवनमा वडाध्यक्षको कार्यकक्ष, मेलमिलाप कक्ष, वडासदस्यहरुको अलग्गै कक्ष, प्रशासनिक कक्ष र अतिथि कक्ष समेत रहेको छ ।

यससँगै लेटाङ नगरपालिकाको वडा नम्बर १, २, ४, ७, ८ र ९ को आफ्नै भवनबाट सेवा प्रवाह भएको छ  । जसमध्ये लेटाङ १, ७ र ८ को साविक गाविस भवन हुन् भने वडा नम्बर २, ४ र ९ को नवनिर्मित भवन हुन् । अब लेटाङ नगरपालिका वडा नम्बर ३, ५ र ६ मा पनि प्रशासनिक भवन निर्माणको काम सुरु गरिने नगरपालिकाले जनाएको छ ।  भवन उद्घाटन कार्यक्रमको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।    https://youtu.be/YU3cIjAnSB4?si=PB4Z1iKtSpmVfbl3

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार