मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित)

रेवती रमण निरौला 161+ समाचार ( )
२० मंगशिर २०८२, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले नगरको पहाडी क्षेत्रका युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको छ । नगरपालिकाले खासगरि वडा नम्बर १, वडा नम्बर ७ र वडा नम्बर ८ को पहाडी क्षेत्रका बाख्रापालक कृषकहरुको समस्या समाधान गर्ने उद्देश्यका साथ त्यसक्षेत्रका १० जना युवायुवतीहरुलाई १ महिने ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको हो ।

नगरपालिकाले सूचना प्रकशित गरि १० जना युवायुवती छनौट गरेर पशु सेवा तालिम केन्द्र दुहवीमा पठाएर कार्तीक  १६ गतेदेखि मंसिर १९ गतेसम्म खाना बस्न सहित १ महिने तालिम प्रदान गरेको योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो । 

शुक्रबार तालिम लिएका युवायुवतिहरुलाई प्रमाणपत्र प्रदान गरि तालिमको समापन गरिएको छ । पशु सेवा तालिम केन्द्र दुवहीका कार्यालय प्रमुख कुमारसिंह खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा उपप्रमुख कृष्णकुमारी निरौला, योजना शाखा प्रमुख चेतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले नगरपालिकाले सञ्चालन गरेको टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने क्रममा पहाडी वडाका वासिन्दाले पशुप्राविधिक सेवा पाउन कठिन र महंगो भएको गुनाशो गरेपछि स्थानीय युवायुवतीहरुलाई तालिम सञ्चालनका लागि बजेट व्यवस्थापन गरि तालिम प्रदान गरिएको जनकारी दिनुभयो । 

उहाँले तालिममा सिकेका ज्ञानशीपलाई सदुपयोग गर्दै पशुपालन व्यवसायमा लाग्न तथा गाउँघरमा सेवा प्रदान गरि आयआर्जन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । तलिममा सहभागि भएकाहरुले लगनशिलताका साथ सेवा प्रदान गरेमा नगरपालिकाले थप सहयोग गर्दै जाने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले नगरका पहाडी क्षेत्रमा ठूलो संख्यामा बाख्रापालन हुने गरेको भएपनि उपचार सेवाका लागि समस्या भएको गुनाशो आएको आधारमा नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले तालिममा सहभागिहरुलाई पशुपालन व्यवसाय गर्नुका साथै अन्य पशुपालक कृषकहरुलाई सेवा प्रदान गरेर सिकेको ज्ञानशिप सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  

यस्तै पशु सेवा तालिम केन्द्रका पशु चिकित्सक कुमारसिंह खत्रीले स्थानीय तहहरुले पशुपालनलाई खासै महत्व नदिरहेको बेला लेटाङ नगरपालिकाले कृषि र पशु क्षेत्रलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले सहभागी युवायुवतीहरुले अनुसाशित भएर सक्रियतापूर्वक तालिममा सहभागिता जनाएको भन्दै सिकेका ज्ञानशिप सदुपयोग गरि सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा लेटाङका स्थानीय पशु प्राविधिक भूपाल राईले पशुप्राविधिक क्षेत्रमा काम गर्दाको आफ्नो संघर्ष र सफलता सुनाउँदै सहभागी प्रशिक्षार्थीहरुलाई उत्प्रेरणा जगाउनुभयो । कार्यक्रममा योजना शाखा प्रमुख चोतनाथ गौतम, पशुपन्छी शाखा प्रमुख अडिमर्दन श्रेष्ठ, पशु चिकित्सक जेनी लावती लगायतले पनि विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । 

कार्यक्रममा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थीहरुले लेटाङ नगरपालिकाले निकै महत्वपूर्ण तालिम प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिएका छन् । उनीहरुले तालिम सैद्धान्तिक र प्रयोगात्मक सहति निकै उपयोगी र महत्वपूर्ण भएको बताउँदै गाउँघरमा गएर सेवा दिन सक्ने प्रतिवद्धता जनाएका छन् । 

लेटाङ १ थामडाँडाका रोहित मगरले तालिमबाट पशुको औषधि उपाचार विधि, आहार व्यवस्थापन, रोग पहिचान, रोगको लक्षण, खोर व्यवस्थापन लगायतका विषयमा धेरै महत्वपूर्ण ज्ञान हासिल गरेको बताउनुभयो । लेटाङ ७ आहालेकी विमला राईले निकै प्रभावकारी तालिम प्रदान गरेकोमा लेटाङ नगरपालिकालाई धन्यवाद दिँदै अब गाउँमा गएर पशुपालन र उपचार सेवामा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

Roshan Khadka २० मंगशिर २०८२, शुक्रबार

...

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार