मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला

रेवती रमण निरौला 127+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

झापा । निरौला वन्धू सेवा समाज केन्द्रीय कार्य समितिको अध्यक्षमा डा तुलशी प्रसाद निरौला निर्वाचित हुनु भएको छ । शनिबार झापाको कन्काइस्थित कोटीहोममा रहेको केन्द्रीय कार्यालयमा भएको १२ औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतरुपमा विराटनगरमा डाक्टर तुलशी प्रसाद निरौलालाई अध्यक्षमा निर्वाचित गरेको हो । 

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक समेत रहेका नवनिर्वाचित अध्यक्ष डाक्टर तुलशी प्रसाद निरौलाले रशायन शास्त्रमा विद्यावारिधि गर्नु भएको छ । यसैगरि महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुवन निरौला तथा उपाध्यक्षमा सरस्वती निरौला, इन्द्रप्रसाद निरौला, इश्वर निरौला, फणिन्द्र निरौला, तिर्थराज निरौला र गुरुप्रसाद निरौला निर्वाचित हुनु भएको छ । 

यस्तै महाधिवेशनले महासचिवमा पवित्रा सापकोटा निरौला, सचिवमा शोभित निरौला, कुष्णप्रसाद निरौल र रुद्र निरौला तथा कोषाध्यक्षमा शरद निरौलालाई निर्वाचित गरेको छ । महाधिवेशनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष गरि १३ जना पदाधिकारीसहित ४१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

यसैगरि महाअधिवेशनले लेखा समिति संयोजकमा गणेशप्रसाद निरौला तथा सदस्यमा इश्वरा निरौला र हेतिराज निरौलालाई निर्वाचित गरेको छ ।  

विभिन्न जिल्ला तथा पालिकाबाट आएका प्रतिनिधिहरुले आ आफ्नो जिल्लाबाट ४१ जना केन्द्रीय सदस्य चयन गरि त्यसमध्येबाट पदाधिकारीमा उम्मेदवारी घोषणा गर्न लगाइ सर्वसहमतिमै नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।

विधान बमोजिम ६१ सदस्यीय केन्द्रीय कार्य समिति निर्माण गर्न सकिने भएपनि तत्काललाई ४१ सदस्यीय समिति निर्वाचित गरिएकोमा अवाश्यकता अनुशार विभिन्न क्षेत्रबाट अन्य सदस्यहरु मनोनित गर्न सकिने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार