मुख्य समाचार
नेपाल तरूण दल इटहरीको अधिवेसन सम्पन्न, नयाँ कार्य समिति चयन | लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग | निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला | जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन सक्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित) | नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी | “लेटाङको न्यायिक अभ्यास” पुस्तक सार्वजनिक | लेटाङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग | कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्ताको निःशुल्क विमा | ईरान राईको कवितासंग्रह ‘इतिहास’ सार्वजनिक | साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने |

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयकाे उजुरीपछि पक्राउ, श्रीमान फरार

मोरङ खबर 363+ समाचार ( )
२० असार २०८०, बुधवार

जनकपुरधाम । फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियाे । सोही मुद्दामा उपमेयर यादवलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उनीहरुविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका छन् । कृष्णकुमारको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न मानेको थिएन । त्यसपछि उनी उच्च अदालत जनकपुरको राजविराज इजलास पुगे । अदालतले आदेश दिएपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा उपमेयर यादव पक्राउ परेकी हुन् । उनका श्रीमान महेन्द्र अझै फरार छन् ।

उपमेयर यादव दम्पती भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र सप्तरीकै तत्कालिन औरही गाविस ३ बाट फर्जी कागजातकै आधारमा नागरिकता लिएको आरोप उजुरीमा लगाएको छ । (नेपाल प्रेसबाट)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार