मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

मोरङ खबर 356+ समाचार ( )
२० अशोज २०८०, शनिबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै हुनुहुन्छ । कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री भएको ३० दिन भित्र बिश्वासको मत लिनुपर्ने हुन्छ । तर, कार्कीले विश्वासको मत पाउने अवस्था भने अहिलेसम्म देखिएको छैन । एमालेसँग उपसभामुख सहित प्रदेश सभामा ४० सदस्य छन् । सभामुख पद रिक्त रहेको रहेकाले उपसभामुखलले सभा चलाउदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन् ।

एमालेलाई साथ दिंदै आएको राप्रपाले विश्वासको मत पाउने आधार नभए यस पटक विश्वासको मत नदिने जनाएको छ । कोशी प्रदेशमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जसपाले कार्कीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।

कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३ समाजवादीका ४ र जसपाका १ सदस्य रहेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेस सभा बोलाईएको छ ।

कार्कीले विश्वासको मत पाउने आधार तयार गरे राप्रपाले विश्वासको मत दिने भएको छ । त्यसो नहुँदा तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ । संविधानको धारा १६८ ९३० अन्तर्गत सबैभन्दा ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार राप्रपालाई भन्नुपर्ने प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताउनुभयो भएको छ ।

उहाँले संविधानको धारा १६८ ९५० अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाइनसकेको बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार