- छवि श्रेष्ठ
लेटाङ । लेटाङ नगरपालिका–३ स्थित अमरहर्ट मेमोरियल इङ्लिस स्कुलले १४ औँ वार्षिक उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षता तथा लेटाङ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डम्बर राईको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा अभिभावक र शिक्षकहरुलाई सम्मान गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने अभिभावक र शिक्षकहरुलाई सम्मान गरिएको हो भने उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो । यसैगरि विद्यालयका विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्वीतिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा नम्बर ३ का वडाध्यक्ष डम्बरबहादुर राईले बालबच्चालाई शिक्षा–दिक्षा प्रदान गर्ने कुरामा विद्यालयको साथ साथै अविभावकको समेत उत्तीकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा निजि तथा आवासिय विद्यालय संगठन प्याव्सन लेटाङका अध्यक्ष भोलानाथ पाण्डे, प्रशिक्षक निर्मला पौडेल, डाक्टर धर्मेन्द्रकुमार यादव, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका विद्यार्थीहरु कुसुम कोइराला र श्रद्धा अधिकारीले संचालन गरेको वर्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले वक्तृत्वकला, कवितावाचन, नृत्य, रायम प्रस्तुती, र्याम्प वल्क लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
