मुख्य समाचार
लेटाङमा छात्राहरु र सरोकारवालाबीच अन्तरकृया, लागुऔषध दुर्व्यसनका विषयमा बढी प्रश्न | लेटाङ–२ का विद्यालयबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई वडाको सम्मान | नगरपालिकामा भएको घटाप्रति एमाले बेलबारीको आपत्ति, सेवा प्रवाहमा बाधा पुर्याएको ठहर | उर्लाबारीमा पत्रकारहरूलाई साइबर अपराध र एआईबारे तालिम | लेटाङको एसइइ नजितामा दोब्बर बढी सुधार, ७४.६८ प्रतिशत उत्तीर्ण | पथरीशनिश्चरेको बजेट : प्रशासकिय भवन बनाउन ४ करोड, फर्मेसीका लागि २ करोड | ड्राइभिङ तालिम लिएका ९० प्रतिशतले लाइसेन्स लिन सफल, १ जना रोजगार | लेटाङमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु | लेटाङको बजेट ६१ करोड छ लाख, वडा नम्बर १ मा सबैभन्दा बढी बजेट | लेटाङ नगरपालिकाको नीति, उत्पादनको आधारमा नगद प्रोत्साहन |

वर्षाअघि नै बाढीको जोखिम न्यूनिकरणको तयारीमा लेटाङ नगरपालिका (भिडियोसहित)

रेवती रमण निरौला 138+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकाले वर्षायाममा खोलाबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि तयारी थालेको छ । वर्षायाममा खोलाको बाढीले कटान गर्न थालेपछि रोकथाम गर्ने तिर लाग्नु भन्दा समय छँदै जोखिम न्यूनिकरण गर्दा उपयुक्त हुन्छ भन्ने ठहर गर्दै नगरपालिकाले जोखिम न्यूनिकरणका लागि तयारी थालेको हो । 

स्थानीय नगरवासीहरुको समेत गुनाशो आएपछि लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले चिसाङ खोलाका विभिन्न जोखिम क्षेत्रहरुको अवलोकन गरि सरोकारवालाहरुसँग छलफल गर्नु भएको छ । नगरपालिकाको आफ्नै श्रोतबाट मात्र खोलाको जोखिम न्यूनिकरण गर्न संभव नरहेको भन्दै उहाँले तत्कालिन रोकथाममा नगरपालिकाले लगानी गर्ने तथा दीर्घकालिन समाधानका लागि प्रदेश सरकारसमक्ष पहल गर्ने योजनाका साथ जोखिम स्थानहरुको अवलोकन गरिएको बताउनु भएको छ ।

नगर प्रमुख भूपेन्द्र कुमार लावती, नगरपालिकाका इञ्जिनियर भानुभक्त राई र सञ्चारकर्मीसहितको टोलीले जोखिममा रहेको लोखरा पैनीको मुहान र मदन भण्डारी राजमार्ग दक्षिण खोला पश्चिम तर्फको बाँधको अनुगमन गरेको हो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार