मुख्य समाचार
चुनावी वाचा पुरा गर्दै लेटाङका जनप्रतिनिधि, साक्फारावासी हर्षित (भिडियोसहित) | लेटाङ १ मा अपरिचित व्यक्तिको शव फेला | केराबारी २ जेफालेमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधि दमकलाई | जाँते नमुना सेकेण्डरी वोर्डिङ स्कुलको पठन-पाठन अब नयाँ भवनमा, मेयरद्वारा उद्घाटन (भिडियोसहित) | लेटाङमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम शुभारम्भ (भिडियोसहित) | वर्षाअघि नै बाढीको जोखिम न्यूनिकरणको तयारीमा लेटाङ नगरपालिका (भिडियोसहित) | सरल र स्वाभिमानी सुहाङ | राजतन्त्रको जस्तै भए नेम्वाङका जेठा छोरालाई टीकट दिइन्थ्यो : अध्यक्ष खतिवडा (भिडियोसहित) | लेटाङको अर्धवार्षिक बुलेटिन प्रकाशन गरिने, लेखनमा रुची भएकाहरुलाई अवसर | लेटाङ ८ लालझोडामा स्वास्थ शिविर सञ्चालन, ८० जना लाभान्वित |

लेटाङ १ आरुबोटेको टेलिकम टावर सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित (भिडियोसहित)

मोरङ खबर 275+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

- तिलक राई 

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर १ को पहाडी गाउँहरुमा नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । लेटाङ १ स्थित आरुवोटेमा ४ वर्ष अघि नेपाल टेलिकमले टावर निर्माण गरिएको भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा स्थानीयवासीलाई सञ्चार सम्पर्क गर्न निकै समस्या हुने गरेको थियो ।

टावर निर्माण हुन थालेपछि सहज रुपमा कुराकानी गर्न सकिने भयो भन्दै खुशी भएका स्थानीवासी लामो समयसम्म टावर सञ्चालनमा नआउँदा निराश भएका थिए । तर पछिल्लो समय स्थानीय युवाहरुको पहलमा सञ्चार मन्त्रालयमा सम्पर्क गरि समस्या बारे जानकारी गराएपछि नेपाल टेलिकमले प्राविधिक पठाएर टावर सञ्चालनमा ल्याएपछि मंगलबारदेखि सञ्चार सम्पर्क गर्न सहज भएको छ । ढिलै भएपनि टावर सञ्चालमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । 

लेटाङ १ का वडाध्यक्ष विष्णु मगरले सेवा सुचारु गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिंदै प्रभावकारी रुपमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सो क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालन नहुँदा एनसेलबाट मात्र सम्पर्क गर्नुपर्ने अवस्था थियो । जसका कारण स्थानीयवासीले निकै सास्ती भोग्नु परेको थियो । टावर सञ्चालना आएसँगै लेटाङको वडा नम्बर १, वडा नम्बर ७ को केही भाग तथा केराबारी गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका वासिन्दा लाभान्वित हुनेछन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार