मोरङ । सुन्दरहरैंचा नगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि नगरपालिका भित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी, जनप्रतिनिधी, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने नीति अबलम्बन गर्ने भएको छ । आइतबार नगरपालिकाको बाह्रौं नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ ।
यसैगरि नगरपालिकाले नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तिमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने नीति लिएको छ । यस्तै नगरक्षेत्रभित्र सञ्चालित आधारभूत विद्यालयहरूमा खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापकको नियुक्ति गर्ने र सुत्केरी तथा अन्य कारणले लामो समय विदामा बसेको समयमा अध्ययन अध्यापनलाई निरन्तरता दिन स्वयम्सेवक शिक्षकको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
Sarkari karmachari Ka xora xorile kun pap garekaxn ra utkrishtha sikshya batbanchit hunu pare.k babu aama le sarkari jagir khanu pap ho ra.teso bhaya garib Ka xora xorile park ra manoranjan stal ma Jana napaune bebastha Pani hos. Home tution Pani paunu hudaina.koching Banda hunu parx.k parjatantra,gadatantra biddharthi lai hoina ra?