मुख्य समाचार
लेटाङमा छात्राहरु र सरोकारवालाबीच अन्तरकृया, लागुऔषध दुर्व्यसनका विषयमा बढी प्रश्न | लेटाङ–२ का विद्यालयबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई वडाको सम्मान | नगरपालिकामा भएको घटाप्रति एमाले बेलबारीको आपत्ति, सेवा प्रवाहमा बाधा पुर्याएको ठहर | उर्लाबारीमा पत्रकारहरूलाई साइबर अपराध र एआईबारे तालिम | लेटाङको एसइइ नजितामा दोब्बर बढी सुधार, ७४.६८ प्रतिशत उत्तीर्ण | पथरीशनिश्चरेको बजेट : प्रशासकिय भवन बनाउन ४ करोड, फर्मेसीका लागि २ करोड | ड्राइभिङ तालिम लिएका ९० प्रतिशतले लाइसेन्स लिन सफल, १ जना रोजगार | लेटाङमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु | लेटाङको बजेट ६१ करोड छ लाख, वडा नम्बर १ मा सबैभन्दा बढी बजेट | लेटाङ नगरपालिकाको नीति, उत्पादनको आधारमा नगद प्रोत्साहन |

लेटाङमा एमालेको जिल्ला स्तरीय प्रशिक्षण सुरु (भिडियोसहित)

रेवती रमण निरौला 138+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

लेटाङ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङको आयोजनामा लेटाङमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आज बुधबारदेखि सुरु भएर भोलि विहीबार सकिने प्रशिक्षणमा नेकपा एमालेको जनवर्गिय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु सहभागी छन् । एमालेका २३ वटा जनवर्गिय संगठनका मोरङमा रहेका केन्द्र, प्रदेश र जिल्लाका नेताहरुलाई बेग्ला बेग्लै राखेर ३ वटा कक्षामा प्रशिक्षण सञ्चालन गरिएको छ । 

प्रशिक्षण अन्तरगत आज बुधबार पहिलो दिनको कक्षामा नेताहरु हिक्मत कार्की, भानुभक्त ढकाल, विन्दा पाण्डे, घनश्याम खतिवडा, ऋषिकेश पोखरेल र सोमराज थापाले प्रशिक्षण दिनुभयो । विद्यालय तथा कलेजमा पढाए जसरी नै ३ वटा कक्षामा समय तोकेर पालैपालो नेताहरुले प्रशिक्षण दिएका छन् । 

दुइ दिन सञ्चालन हुने आवसिय प्रशिक्षण कार्यक्रम पार्टी, जनप्रतिनिधि र जनसंगठनबीचको अन्तरसम्बन्ध र माक्र्सवादको विषय केन्द्रीत रहने बताइएको छ । पार्टीका जनवर्गिय संगठनहरुलाई सक्रिय र मजवुद बनाएर सुदृढ नेतृत्व तयार पार्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङका संयोजक रविन थापाले जानकारी दिनुभयो । 

पार्टीका नेता कार्यकर्ताहरुलाई बेला बेलामा पुनरताजगी गर्नुपर्छ भन्ने उद्देश्यले पार्टीका, दर्शन, सिद्धान्त र विचारका बारेमा प्रशिक्षण सञ्चालन गारिएको बताइएको छ । प्रशिक्षणमा पार्टीको तत्कालिन कार्यभार, दीर्घकालिन कार्यभार र आगामी कार्यदिशा बार पनि प्रशिक्षण प्रदान गरिने एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । पछिल्ला दिनहरुमा नेता कार्यकर्तामा कम अध्ययन गर्ने, पपुलारिजममा रमाउने जस्ता कृयाकलाप बढ्दै गएकाले पार्टी स्कूल विभागको नीति अन्तरगत प्रशिक्षण राखिएको कार्कीले बताउनुभयो ।  

दार्शनिक सैद्धान्तिक, राजनीतिक समसामयिक, र प्राविधिक गरि ३ वटा विषयमा केन्द्रीत रहेर प्रशिक्षण सञ्चालन गरिएको बताइएको छ । भोलि अन्तिम दिन पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षणमा करिव २ सय जना सहभागी छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार