मोरङ । प्रहारीले मोरङको लेटाङबाट नागरिकता किर्ते गरेको आरोपमा छानविनका लागि एकव्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङबाट छानविनका लागि निर्देशन आएपछि लेटाङ नगरपालिका वडा नम्बर ६ निवासी सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेलायतका भूतपूर्व सैनिक समेत रहेका लिम्बूले बाबु बनेर फरक व्यक्तिको नागरिकता बनाइदिएको भन्ने सूचनाका आधारमा पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा गएको टोलीले लिम्बूलाई गाउँबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
