मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

गर्मी तत्काल नघट्ने
गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको भनाइ

मोरङ खबर 368+ समाचार ( )
२४ जेठ २०८०, बुधवार

काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

    महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ । आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । दुम्कौलीको अधिकत तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो । विभाग मातहतको महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ ।

       बुलेटिनमा लेखिए अनुसार तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिन्छन् । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ । गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन पनि सुझाव दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार